लिड (सिसा) को बिषबाट बच्न सचेतनामुलक गोष्ठी सम्पन्न

चितवन,कार्तिक ९-

लिड (सिसा) को प्रयोगबाट मानव स्वास्थ्यमा गम्भिर असर परेकोे भन्दै विश्वव्यापी रुपमा संचालन भइरहेको सचेतना कार्यक्रम अन्तर्गत चितवनमा समेत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । विभिन्न रङ्गहरुमा मापदण्ड भन्दा बढी लिडको प्रयोग भइरहेको भन्दै त्यसको न्युनिकरण गरि lलडको बिषबाट बच्नको लागि सिसा मुक्त रङ्गहरुको प्रयोग गरौ , सुरक्षित एवं स्वस्थ रहौ भन्ने नाराका साथ छैटौ अन्तर्राष्ट्रिय सचेतना सप्ताह संचालनमा रहेको छ । लिडको प्रयोगबाट हुने जोखिमको बारेमा सबैलाई सचेत बनाउदै त्यसको न्यूनिकरणको लागि अभियान संचालन गर्ने र लिड प्रयोग भएको रङ्गहरुको प्रयोग नगर्न बिज्ञहरुले आवहन गरेका छन् ।

नेपाल सरकारबाट पेन्टहरुमा ९० पिपिएम भन्दा बढी लेडको प्रयोग गर्ननहुने बाध्यकारी मापदण्ड रहेको छ । नेपालमा सन् २०१४ बाट रङ्गहरुमा प्रयोग गरिने लिडको मात्राको मापदण्ड तोकिएको र पहिलाको तुलनामा अहिले रङ्गहरुमा लिडको प्रयोग केहि घटेको तर सन्तोषजनक नभएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका राम चरित्र शाहले बताए । सरकारले तोकेको मापदण्डको प्रभावकारी तथा अनिवार्य कार्यान्वयन गराउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने शाहले बताए । बजारमा अहिले लेड नभएको पेन्टस्हरु समेत आएकोले सबैले लेड विहिन पेन्टस् प्रयोग गर्न उनले आग्रह समेत गरे । नेपालमा रहेका कुल बालबालिकाहरुमध्य ६५ देखी १०० प्रतिशतसम्म नै लिडको उच्च जोखिममा रहेको अध्ययनहरुले देखाएको छ । मापदण्ड भन्दा बढी लिडको प्रयोगले बालबालिकाहरुको शारिरक मानसिक तथा वौद्यिक विकासमा असर पर्नेे बिज्ञहरुले बताएका छन् ।

त्यस्तै चितवनमा रहेका पेन्टस् उद्योगहरुले उत्पादन गर्ने पेन्ट्सहरुमा समेत लेडको मात्रा धेरै देखिएको शाहको दावी छ । कार्यक्रममा क्यूपिक नेपालका अध्यक्ष टेक बहादुर गुरुङ्ग ,भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रमुख जिवन कुमार श्रेष्ठ , भन्सार विभागका निर्देशक मनोजनिधि वाग्ले , जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख रामचन्द्र पाठक लगायतले लिडको पेन्ट्सहरुसँगै बच्चाहरुले प्रयोग गर्ने खेलौना र महिलाहरुले प्रयोग गर्ने श्रिङ्गारका सामानमा समेत अध्याधिक लिडको प्रयोग हुने गरेको भन्दै त्यसतर्फ पनि सबैजना सचेत हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी एवं जिल्लदा समन्वय समितीका प्रमुख कृष्णकुमार डल्लाकोटीले विकाशसँगै विनाश समेत आएकोले हामिले स्वास्थ्यलाई हानि गर्ने वस्तुहरुको प्रयोग गर्न नहुने बताए । उनले कृतिम भन्दा प्राकृतिक वस्तुको प्रयोग गर्नुपर्नेमा जोड दिए । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रको आयोजनामा भएको सचेतनामुलक कार्यशाला गोष्ठीमा विभिन्न विद्यालयका विद्यार्थीहरु , विभिन्न संघसंस्थाका प्रतिनिधी पेन्ट्स उद्योगका प्रतिनिधी , संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।