नेकपाका अध्यक्ष प्रचण्ड भोली दिल्ली जादैं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शुक्रबार नयाँ दिल्ली जाने भएका छन् ।

दाहाल शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।