महानगरको बेथिती अन्त्य गर ।

भरतपुर महानगरमा एकपछी अर्को बेथिती बढदै गईरहेको पाईएको छ । महानगरमा कर्मचारीहरुले आफुखुसी र मनलाग्दी गर्दापनि जनप्रतिनिधीहरु निरिह जस्तै बन्न पुगेका छन् । महानगरको गाडी चालकले मनपरिरुपमा लैजादाको परिणाम यस अघि नै आईसकेको छ । महानगरको सम्पतिमा ब्यक्तिगत प्रयोजन बढीरहेको छ । प्राय ः कर्मचारीहरु अफिस समयमा नआउने, आएका पनि समयअघि नै विभिन्न बाहानामा बाहिरिने,अफिसमा कर्मचारी नहुँदापनि पंखा, बती त्यसै चलाएर छाडिदिने, सेवाग्राहीहरुलाई दुःख दिने, नगरप्रहरीको नाममा सानातिनालाई आंक खडा गर्ने तर ठुलाबडा ब्यापारीहरुलाई बाटै ढाक्दापनि केही गर्न नसक्ने, काममा ढिलासुस्ती गर्ने गरेको आम सेवाग्राहीले गुनासो गरिरहेका छन् । जनताबाट उठाएका करहरु मनलाग्दी रुपमा नियमविपरित खर्च गर्ने, मनपरेका र चाकडी गर्नेहरुलाई विभिन्न बाहाना बनाई नियमविपरित पंैसा बाड्ने, समानुपातिक विज्ञापन निती अबलम्बन गर्नुको सट्टा भजनमण्डलीहरुलाई बिज्ञापनको नाममा पोष्ने कार्य गर्ने लगाएतका गलत अभ्यास बढेको पनि पाईएको छ । त्यस्तै एउटैं सचिव जो गाउँ र नगरपालिका हँुदादेखि त्यस स्थानमा राज गरेर बसेका छन् उनीहरुलार्य छुन सम्म नसक्नु, जनगुनासोको त्यति कदर नहुदा भरतपुर महानगरमा बेथिती बढदै गईरहेको पाईएको छ । यस विषयमा महानगरका मेयर र उपमेयर जानकार हुनुपर्ने देखिन्छ । साथै महानगर एउटा सरकार हो सरकारले कसैलाई काखा पाखा गर्न मिल्दैन् । सरकारको लागी सबै समान र बराबरी हुन् । तर भरतपुर महानगरले भने एकपछी अर्को पक्षपाती ब्यबहार गरिरहेको गुनासो बढीरहेको छ । साथै एक पछी अर्को रुपमा सरकारी सम्पतिको दुरुपयोग भईरहेको छ । यसरी नै बेथिती बढदै जाने हो भने महानगरको कामप्रति भोलीका दिनमा थप जनअसन्तोष बढदैं जाने देखिन्छ । यसतर्फ महानगर बेलैमा सचेत होस हाम्रो यहि छ शुभकामना ।
अत्ः कमि कम्जोरीहरुलाई सचयाउदैं बेथितीको अन्त्य गर्न लाग्नु नै जनप्रतिनिधीहरुको पहिलो कर्तब्य हो ।