नपाल प्रेस युनियन चितवनको अध्यक्षमा ढकाल निर्वाचित ।

चितवन , २८ असोज । नपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेशनमा अनिल ढकाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेर बिजयी भएका हुन् ।
कुल २ सय १४ जना मतदाता रहेकोमा १ सय ७८ मत खसेको थियो । सो , क्रममा ढकालले १ सय ४८ मत पाएका थिए भने शर्माले २८ मत मात्रै ल्याउन सफल भए । जसमा २ मत बदर भएको थियो । अध्यक्ष बाहेक पदाधिकारी, केन्द्रीय पार्षद, प्रदेश पार्सदमा सबै निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा खुल्लातर्फ सूर्यप्रसाद अधिकारी, महिलातर्फ अनिता अर्याल, सचिवमा प्रस्ताव सुवेदी र कोषाध्यक्षमा विप्लव काफ्ले सर्वसम्मत चयन भएका हुन् । यस्तै महिला सहसचिवमा भने कुनै पनि उम्मेदवारी परेको थिएन । युनियनको विधानमा कम्तिमा एक कार्यालय कार्यसमितिमा रहेकोले मात्रै पदाधिकारीमा उम्मेदवारी दिन पाउने उल्लेख छ । नयाँ कार्यसमितिको पहिलो बैठकले सह ( सचिवमा कार्यसमितिभित्रबाटै एक जनालाई मनोनित गर्नेछ । यस्तै कार्यसमिति सदस्यमा १२ जना निर्विरोध चयन भए । हरी पौडेल, शुशिल पन्त, विष्णुप्रसाद त्रिपाठी ९विपिन०, विवेक न्यौपाने, राजु चौधरी, निशा दाहाल, चन्द्रमा अधिकारी, कमलमान श्रेष्ठ, माधव सापकोटा, सुदन पौडेल, आशिष अधिकारी र आशा खरेल चयन भए । केन्द्रीय पार्षदमा १४ महिला सहित ३१ जना चयन भए । यस्तै, प्रदेश पार्षदमा २३ महिला सहित ४३ जना चयन भएका छन् । निर्वाचन समितिका निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले अध्यक्ष बाहेक अन्य सबै सर्वसम्मत चयन भएकाले निर्वाचन प्रक्रिया छिटो सकिएको बताए । मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अनिल ढकालले नागरिकका पक्षमा कलम चलाउने जनशक्ति उत्पादन गर्न सक्रिय बन्ने बताए । “पत्रकारिता समाजकै लागि हो”, उनले भने, “नागरिककै पक्षमा जिम्मेवार भएर कलम चलाउने जनशक्ति तयार गर्न नवनिर्मित मैयादेवी सूचना केन्द्र भवन प्रयोगमा आउने उनले बताए ।”