चितवनमा च्याङ्ग्राको माग बढ्दो स् दशैका लागी मुस्ताङबाट ५०० च्याङ्ग्रा भित्रिए ।

 


चितवन , २८ असोज । दसैँका लागी मुस्ताङबाट चितवनका लागी करिब ५०० च्याङ्ग्रा भित्रिएका छन् । गत वर्ष ३०० को हाराहारीमा च्याङ्ग्रा भित्रिएकोमा यस वर्ष च्याङ्ग्राको माग बढेको खसीबोका, मासु व्यवसायी संघका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले बताए । पछिल्लो समयमा स्वास्थ्यको लागि मानिसहरुले बोसोरहित मासु खोज्ने भएकोले पनि च्याङ्ग्राको माग बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रा खरिद गर्न चाहेमा चितवनका विभिन्न मासु पसलमा उपलब्ध हुने खसी बोका, मासु व्यवसायी संघले जनाएको छ । चीनबाट मुस्ताङको बाटो हुँदै चितवन च्याङ्ग्रा भित्रिएको हो । व्यवसायीहरुले आफूखुसी व्यक्तिगतरुपमा चितवन च्याङ्ग्रा भित्र्याएकोले पनि भित्रिने च्याङ्ग्राको एकिन तथ्यांक छैन र भारतबाट करिब १५ हजार खसीबोका भित्रिएको संघका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।