साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल प्रभावकारी देखिएनन् 

चितवन , १८ असोज । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी गएको असोज १२ गते शुक्रबारदेखि चितवनको नारायणगढमा  सञ्चालनमा आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य पसल प्रभावकारी देखिएको छैनन् । सर्वसाधारणहरु चार्डपर्वमा ठगिन सक्ने भन्दै त्यसलाई मध्ययनजर गरेको उक्त कर्पोरेसनले नारायणगढमा सहुलियत दरको बिक्री कक्ष अर्थात सुपथ मूल्य पसलको सेवा सञ्चालनमा ल्याएपनि सर्वसाधारणको उपस्थित भने न्युन देखिन्छ । सामान खरिद गर्न पुग्ने ग्राहक मूल्यमा खासै सहुलियत नभएको भन्दै सेवाग्राही रित्तो हात फर्किने गरेको हामीले भेटायौं । बिहीबार हामी त्यहाँ पुग्दा रत्ननगरकी एक सेवाग्राहीले अन्यत्र ५९ रुपैयाँँमा नै पाइने चिनी ७० रुपैयाँँ रहेको बताइन् ”, उनले भनिन्, “अन्य सामानको मूल्य पनि त्यस्तै रहेछ, आउने जाने भाडा जोड्दा नजिकैको पसलमा सस्तो पर्थ्यो, यहाँ सस्तो छ की भनेर आइयो अन्तमा रित्तो हात मात्रै फर्किनुपरेको उनले गुनासो गरिन् । ” त्यस्तै, यसैका अर्का पात्र हुन् खैरहनी नगरपालिकाबाट पाल्नुभएका एक सेवाग्राही । उहाँले पनि यस्तै गुनासो पोख्नुभयो । सस्तो बजार भनेर चर्चा सुनेपछि त्यहाँ सामान खरिद गर्न जानुभएको थियो । तर, “मूल्यमा खासै फरक नरहेको टिप्पणी गर्नुभयो “१४ सय बराबरको समान किनें”, उहाँलेे भन्नुभयो  “सस्तो भनेर यहीं आउँदा फाइदा नहुँदो रहेछ, मेसोमा पर्दा आएको हुँ ।” आइसके पछि खाली हात के र्फकनु भनेर किनें”, उनले भने, “मूल्यमा सहुलियत पाइनँ, भाडा पनि नउठ्ने ठानेर टाढाबाट ग्राहक यहाँ आउन मुस्किल छ ।” उहाँहरु त एक प्रतिनिधि पात्रहरू मात्रै हुनुहुन्छ । यस्ता कयौं ब्यक्ति छन् , जो सामान नकिनी नै रित्तो हात फर्किने गरेका छन् ।
 
के भन्छ :- साल्ट ट्रेडिङ कर्पोरेसन ?
यता , साल्ट ट्रेडिङ कर्पोरेसनको नारायणगढ शाखाले भने, सुपथ मूल्यको पसलबाट एक साताको अवधिमा मात्रै झन्डै दुई लाख भन्दा बढीको सामान बिक्री भएको दाबी गर्नुहुन्छ । शाखा प्रमुख बुद्धिविनोद दाहालले “अन्यत्र भन्दा यहाँ केही सस्तो पर्छ, बजार मूल्य नियन्त्रण गर्न पनि सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । ” बजार मूल्यभन्दा महँगो चिनीको मूल्य भएको गुनासो आउन थालेपछि बिक्री हुने सामानको मूल्य विवरणमा चिनीको मूल्य उल्लेख नगरी बेच्ने गरिएको समेत उहाँको जोड थियो । उहाँका अनुसार चाडबाडको मुखमा यहाँ भीड नै लाग्ने भए तापनि “सुरुका दिनमा भने सुनसान देखिएको र अहिले त्यसो नरहेको ग्राहक आउने क्रम जारी रहेको बताउनुभयो ।” त्यस्तै, शाखा प्रमुख दाहालले ग्राहकलाई घरदैलो नजिकै सहुलियत मूल्यमा घरायसी प्रयोजनका खाद्यान्न बिक्री वितरण गर्न घुम्ती पसलका कार्यक्रममा कटौती गरेको बताएका छन् । गत वर्ष रत्ननगर, खैरहनी र भरतपुरका ग्रामीण क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेसनले चाडबाडका बेला ३ दिन घुम्ती पसल सञ्चालन गरेको थियो । त्यसबेला ३ दिनमै ६ लाख २२ हजार ८ सय ९७ रुपैयाँ बराबरका सामान बिक्री भएको थियो । तर, घुम्ती पसल सञ्चालन गर्न अतिरिक्त खर्च लाग्ने भएकाले यो वर्ष घुम्ती पसल सञ्चालनका कार्यक्रम कटौती भएका हुन् । चितवनको मुख्य बजारमा रहेको कार्यालय परिसरबाटै सुपथ मूल्यको पसल सञ्चालनमा छ । जसले ग्रामीण क्षेत्रका स्थानीयले लाभ लिन सकेका छैनन् । यस प्रसंंगमा शाखा प्रमुख दाहालले भने, “चाडबाड अवधिभर घुम्ती पसल चलाउने कुनै योजना छैन । यद्यपि ,“इच्छाकामना गाउँपालिका क्षेत्रमा १ दिन घुम्ती पसल चलाइनेछ”, सरकारले निर्देशन गरेमा चलाउन तयार छौं ।” चाडबाडका बेला विगतमा सुपथ मूल्यका घुम्ती पसलमा निकै भीडभाड हुने गर्दथे । चाडबाडलाई लक्षित गरी गतवर्ष चलाएको सुपथ मूल्य पसल बाट १ करोड १९ लाख ७८ हजार ७ सय ४१ रुपैयाँ बराबरको सामान बिक्री भएको थियो । भने, २०७३ सालमा ५६ लाख ७८ हजार ४ सय ३७ रुपैयाँ बराबरको सामान बिक्री भएको थियो । सुपथ मूल्य पसलबाट चिनी, तेल, चामल, दाल, केराउ, चना, बेसार, धनियाँ, मसला लगायत ४६ प्रकारका खाद्यान्न बिक्री वितरण भइरहेको छ । बिहान १० बजे देखि साँझ ५ बजेसम्म पसल सञ्चालन हुनेछ । पसल सञ्चालनका लागि ६ जना कर्मचारी खटाइएको छ । “उपभोक्ता लाई सहुलियत दिन पसल सञ्चालन गरेको शाखा प्रमुखको थप भनाइ थियो । ”,