स्वदेशमै उद्यम गर्न ४ प्रतिशत ब्याजमा ऋण पाईने

(47 सम्पर्क सूचीसहित)

 

चितवन, १८ असोज । सरकारले युवापुस्तालाई स्वदेशमै उद्यम गर्न ऋण दिने गरेको छ । १० प्रतिशत ब्याजमा दिने ऋणको किस्ता समयमा तिरे ६ प्रतिशत ब्याज मिनाह पनि गरिनेछ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले हालसम्म ५५ हजार ३ सय ३३ युवालाई स्वरोगगार बनाएको छ ।
उद्यम गर्न चाहनेले प्रत्येक जिल्लामा रहेको सम्पर्क व्यक्ति वा स्वयम्सेवकसँग सम्पर्क गर्न सक्नेछन् । सहकारीमार्फत उद्यम वा व्यवसायका लागि ऋण लिन चाहनेका लागि पनि कोषबाट स्वीकृत १ हजार १ सय ९६ सहकारीबाट ऋण लिन सकिनेछ ।
वार्षिक व्याजदर १० प्रतिशत र समयमै साँवा ब्याज भुक्तानी गरे असल र सफल उद्यमीका रुपमा ६ प्रतिशत ब्याज पनि मिनाह हुनेछ । सहकारीको नाम तथा अन्य थप जानकारीका लागि कोषको वेबसाइट धधध.थकभा.नयख.लउ लग अन गर्नुहोला ।