पन्त हत्याको बिरोधमा चितवनको खैरहनीमा दीप प्रज्वलनको आयोजना

चितवन , १७ असोज । कञ्चनपुर भिमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्यो तर, सरकारले अपराधीलाई आजसम्म पक्राउ गर्न सकेको छैनन् । प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै तीब्र असन्तुष्टि भइरहदा विपक्ष दल नेपाली कांग्रेसले भने बिरोध गर्ने मसला राम्रोसँग पाएको छ । निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसक्नु, सरकारले संरक्षण गर्नु र छानबिन समितिले तयार पारेको प्रतिबेदन सार्वजनिक गर्न नसक्नुलाइ शंकास्पद रूपमा हेरिरहेका नेपाली कांग्रेस निकटका नेपाल महिला संघ खैरहनी नगर समितीको आयोजनामा खैरहनीमा दीप प्रज्वलनको कार्यक्रमको आयोजना गरिएको छ । निर्मला पन्तको सम्झना एवम् न्यानको निम्ति मंगलबार खैरहनीमा दिप प्रज्वलनको आयोजना गरिएको आन्दोलनमा सहभागीले बताएका छन् । सरकारले लामो समयसम्म पनि पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार विरुद्ध नाराबाजी समेत गरिएको थियो । महिलाहरुले गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् । क्षेत्रीय पार्टी कार्यालयबाट चौविसकोठी चोकसम्म र्याली समेत निकालिएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले सरकारले काँग्रेससंग सहयोग मागे आफुहरु सहयोग गर्न तयार रहेको बताए ।