डेण्टल टुरिजमका प्रभाव :  साईराममा दाँत उपचार गर्न विदेश पर्यटक आर्कषित

 एण्ड्रि बने सद्भाव दुत

 चितवन, १७ असोज ।चितवनको रत्ननगरलाई डेण्टल टुरिजमको रुपमा घोषण गरेसगैँ यहाँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेका छन् ।  विगत एक दशक देखि दन्त उपचारमा अगल पहिचानसगैँ गुणस्तरीय सेवाका अन्र्तराष्ट्रिय मान्यता पाएको साईराम डेण्टल हस्पिटल रत्ननगर नगपालिकाले डेण्टल टुरिजमको रुपमा घोषण गरेसगैँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेको हो ।
 दन्त उपचारमा उत्कृष्ट सेवासगैँ साईरामले हम्बल स्माईल फाउन्डेसनले प्रदान अन्र्तराष्ट्रिय मान्यता पाएपछि यहाँ पर्यटकहरु घुम्नसगैँ उपचार गर्न समेत आर्कषित भएका हुन् ।  साईरामले डेण्टल टुरिजम क्षेत्र घोषण गर्दै रत्ननगरमा आफ्नो पहिलो शाखा विस्तार गरेको थियो ।  पहिलो एक महिनामा माज्ञ १६ जना पर्यटकहरुले यहाँबाट सेवा लिएको साईराम डेण्टलकी प्रबन्ध निर्देशक डा.सरु थापाले जानकारी दिईन् ।  “विदेशको तलुनामा दाँतको उपचार ७० प्रतिशतले सस्तो छ साईरामका वरिष्ठ दन्त रोग विशेषज्ञ डा.अजय न्यौपानेले भने,  विदेशहरु चितवन निकुन्ज घुम्नसगैँ उपचार गराउन आउने गर्दछन् । ”  यहाँ बढीमात्रमा युरोपियन राष्ट्रका पर्यटकहरु घुम्नसगैँ दाँत सफा गर्ने, झर्न, निकाल्न, कृत्तिम दाँत राख्न, जरादेखि सफा गरि आरसीटी गर्न आउने समेत उनले बताए ।
 आफुहरु दाँत उपचार गर्न समेत विदेशीहरु आउने तथ्याङ्गक थाहापाएपछि सरकारले घोषण गरेको पर्यटन बर्ष  समेत सफल बनाउन डेण्टल टुरिजम घोषण सेवा दिईरहेको डा.सरु थपाले बताईन् ।
 यसैविच नदेरल्याण्डबाट साईराममा उपचार गर्न आएका विरामी एण्ड्रि रिङ्गफिङ्गलाई सद्भाव दुत घोषण गरिएको छ ।
 ईन्टरनेटको मार्फतबाट साईरामको उपचार सेवा थाहापाएपछि चितवन घुम्नसगैँ उपचार गर्न आएका एण्ड्रिले आफुले सोचे भन्दा अन्तराष्ट्रिय स्तरकै उत्कृष्ट सेवा पाएको बताए ।
 “मैले यहाँ धेरै रकम खर्च गर्दा पनि उपचार राम्रो पाएको थिईन् एण्ड्रिले भने किन यति राम्रो सेवा सौराहा नजिक भएपछि म अब यसको प्रचार गर्छु भनि सद्भाव दुत बनेका विदेशमा प्रचार गर्नछु । ” सद्भाव दुत घोषण एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै साईरामकी डा. सुरु र एण्ड्रिले आदान प्रदान गरेका थिए ।
योसगैँ डेण्टल टुरिजमका लागि नेदरल्याण्ड लगायत युरोपीयन राष्ट्रहरुमा साईरामको प्रतिनिधि डेण्टल टुरिजमका एण्ड्रिले प्रर्वद्धन गर्नछन् ।
    साईरामले डेण्टल टुरिजमको अवधारणसहित एक महिना अगाडी रत्ननगरको सौराहाचोकमा पहिलो शाखा विस्तार गरेको थियो ।