डेढ महिनामा काठमाडौंमै ४२ बलात्कार !

चितवन, ०१ असोज । देशभर बलात्कारका खबरले नागरिक आजित र आहत भएका छन् । छोरीचेली सुरक्षा चिन्ताको विषय बनेको छ । महानगरीय प्रहरी कार्यालयमा परेको उजुरी अनुसार, काठमाडौंमै ४५ दिनमा ४२ बलात्कारका घटना दर्ता छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार,  काठमाडौंमा २८ र ललितपुर तथा भक्तपुरमा ७–७ बलात्कारका घटना भएका छन् । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको ५२ दिनमा देशभर २ सय २५ बलात्कार भएका छन् । बलात्कारका अधिकांश घटनामा प्रहरीले गम्भीरताका साथ अनुसन्धान नगर्दा पीडितले न्याय पाउन सकेका छैनन् ।