बाटो बिराउँदै सिआईबी

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ। सही अनुसन्धानकर्मी नपर्दा सीआईबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलाई नै सहयोग पुगेको देखिन्छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा यस्तै भएको छ। सीआईबी टोलीले हचुवाका आधारमा प्रारम्भिक निर्णय दिएको पाइएको छ। निर्मला हत्या घटनामा सीआईबीका डीएसपी अंगुर जीसी घटनास्थल खटिए। साउन १३ गते साँझ उनको टोली घटनास्थल पुग्दा पन्तको शव स्थानीय हस्पिटलमा पोस्टमार्टमका लागि पुर्‍याइसकेको थियो। जीसीको टोलीले घटनास्थल अवलोकन गर्‍यो। त्यहाँ केही फेला पारेन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर प्रारम्भिक अनुसन्धानको फाइल हेर्‍यो। घटना भएको तीन दिनसम्म शवको भेजिनल स्वाब ९महिलाको गुप्तांगमा पुरुषको शुक्रकिट, र्‍याल र रौं छ–छैन पत्ता लगाउने विधि० झिकेको छ वा छैन भनेर सोधे। झिकिएको थिएन। पन्तको कपडा खोजे। कपडा आफन्तलाई दिइसकिएको बताइयो।

भेजिनल स्वाबको परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउँदा शुक्रकिट फेला परेको जानकारी आयो। अभियुक्त खोज्दै जाँदा र सुत्र परिचालन गर्दा दिलिपसिंह विष्टमाथि शंकाको दृष्टिले हेरियो। वरपर बुझ्दा विष्टको कार्यशैली उत्छृङ्खल रहेको र उनैले निर्मलाको बलात्कारपछि हत्या गरेको हुन सक्ने निष्कर्षमा जीसी र जिल्ला प्रहरी कार्यालयको टोली पुग्यो।

त्यसपछि पन्तका बाबु यज्ञराजलाई पनि विष्टकै विरुद्धमा किटानी जाहेरी ल्याउन दबाब दिइयो। जाहेरीपछि जबर्जस्ती करणी र कर्तव्य ज्यानमुद्दा अदालतमा दर्ता गर्न जीसीकै टोलीले कञ्चनपुर प्रहरीलाई सुझायो। तर विष्टको डीएनए परीक्षण गर्दा पन्तको डीएनएसँग मेल नखाएपछि सीआईबी टोलीको कार्यशैलीप्रति गम्भीर आशंका उत्पन्न भयो।