अन्तत्ः अबैध क्रसर उधोगमा चितवन प्रशासनद्वारा शिलबन्दी 

ठेकेदार र उस्का मतियारहरुमा खैलाबैला, बैधानिक बनाउन करोडौ रुपँयाको चलखेल शुरु

चितवन/ नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्ने कार्य तत्काललाई रोकिएको छ । भण्डाफोर अभियानको गत अंकमा सो अबैध क्रसर उधोगले मनलाग्दी ढङ्घले उत्खनन् र चोरी निकासी गरेको सम्बन्धी समचार छापिएपछी जिल्ला प्रशासन कार्यालय चितवनले उक्त अबैध क्रसर बन्द गराएको हो । प्रशासन कार्यालयले सो क्रसरका सञ्चालक बलराम खनाललाई आवश्यक कागजपत्र ल्याउन पनि निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको ठाडो निर्देशनमा उक्त अबैध क्रसरमा प्रहरी पठाई बन्द गरीएको जिल्ला प्रशासन कार्यालय निकट श्रोतले भण्डाफोरलाई जानकारी दिएको छ ।
विगतमा नारायणगढ मुग्लीन सडकखण्ड बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिको हवला दिदैं चितवन रत्ननगरका बलराम खनालले उक्त अबैध क्रसर सञ्चालन गरी अबैध उत्खनन् र निकासी गरेका हुन् । उक्त सडक खण्डको सो क्षेत्रमा रौता र लामा कन्ट्रक्सनले विगतमा सडक निर्माण गरेको भएपनि हाल सडक निर्माणको काम सम्पन्न भईसकेको छ । सडक निर्माण सम्पन्न भईसकेको महिनौ दिन वितीसकेको अवस्थामा सो सडकको तलपटीको त्रिशुलीको किनारैमा अबैध रुपमा क्रसर उधोग सञ्चालनमा ल्याईएको थियो । सो क्रसर उधोगले बाताबरण्ीय प्रतिबेदन नै नगरीकन नदीमा चेन स्काभेटर, जेभिसी लगाएतका नदी उत्खनन्मा प्रयोग हुने उपकरणहरु प्रयोग गरी ब्यापक मात्रमा अबैध उत्खनन् र तस्करी गरिरहेको थियो । सो क्रसर उधोग र अबैध उत्खनन्को विषयमा आयोजनाका तर्फबाट पटक पटक प्रशासन र प्रहरीलाई खबर गरेपनि राजनितीक पँहुच र मिलेमतोमै अबैध उत्खनन् भएको सुचनाको आधारमा भण्डाफोर अभियानले कागजपत्र देखाउन माग गर्दा कागजपत्र देखाउनुको सट्टा उल्टै बिना अनुमति क्रसर उधोगको फोटो खिचेको भन्दै प्रहरी लगाएर जेल हाल्ने धाकधम्की दिनुको साथैं हाम्रो क्रसर उधोग र उत्खनन् कार्यलाई कस्ले रोक्न सक्छ भन्दै चुनौंती दिएका थिए । राप्रापाका कार्यकर्ता समेत रहेका सो क्रसरका सञ्चालक खनालले पुर्ब मन्त्री रहेका राप्रापाका तत्कालिन महामन्त्री बिक्रम पाण्डेको आर्शिवाद तथा ठेकेदारहरुको पँहुच र पैसाकै बलमा सो स्थानमा क्रसर उधोग सञ्चालन गरेका थिए । तत्काललाई सो क्रसर उधोग बन्द भएपनि ठेकेदारहरु र खनाल सो क्रसर उधोग सञचालनको लागी राज्यका उपल्लो निकायसम्म तहबह मिलाउन नोटको गड्डी लिएर राजधानीमै अड्डा जमाएर बसेको सुचना प्राप्त भएको छ । ठगदारहरुको पैंसाको बलमा त्यो अबैध क्रसर उधोगलाई बैध बनाउने चलखेल शुरु भईसकेको समेत खुल्नमा आएको छ । सुशासन र सदाचारिताको कुरा गर्दै भ्रष्टचारबिरुद्ध शुन्य सहनसिलताको नारा दिने ओली सरकारको राज्यसंयन्त्रमा आसिन कोही बिक्छन की ? बिक्दैनन् त्यो भने त्रिशुलीको किनारमा अवस्थित अबैध क्रसर उधोग खुल्छ की खुल्दैन त्यँहिबाट मापन गर्न सकिन्छ । जुन कुरा आगामी दिनमा देख्न पाईने नै छ ।

 

भण्डाफोर अभियान साप्ताहिकबाट