सोमबार राती चितवनको चनौलीको भेटघाट चोकमा बम विष्फोट

चितवनको चनौलीको भेटघाटचोकमा गएराती शक्तिशाली बम विस्फोट गराएको नेकपा चितवनले जनाएको छ । नेकपाका एक जिल्लास्तरिय नेताले फोनबाट भण्डाफोर अभियानकर्मीलाई यस्तो बताएका हुन् । उनले भने बन्द सफल बनाउन विस्फोट गराएको तर प्रहरीले घटनालाई बाहिर नल्याएको उनको दावी छ । नेपालबन्दलाई सफल बनाउन विस्फोट गराएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले भने चितवनमा गएराती त्यस्तो विस्फोट नभएको जनाएको छ । चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालले रातको समयमा कुनै विस्फोट नभएको बताए । यता चनौली आसपासका केही स्थानियले आवाज सुन्नमा आएको जानकारी दिए । स्थायिहरुका अनुसार गएराती राती १२ः३० बजे टायर विस्फभेटघाट चोकको खाली खेतमा सिलिण्डर बम विष्फोट भएको जानकारी दिए । प्रहरीले भने घटना लुकाउन खोजेको विप्लव समुहको दावी छ । विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन् ।