इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

 

काठमाण्डौं । ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ ।
दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् ।
ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।
विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन ।, यो खबर आजको नयाँ पत्रिकामा छापीएको छ ।