इजरायली राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण

काठमाण्डौ, श्रावण १ गते / इजरायली राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण कार्य सम्पन्न भएको छ । इजरायलले आप्mनो स्थापनाको ७० वर्ष र मसाभ (इजरायली परराष्ट्र मन्त्रालयको अन्तराष्ट्र्रिय सहयोग निकाय) को स्थापनाको ६० बर्ष मनाउँदै छ । यसै सन्र्दभमा राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण गरिएको हो । राजदूतावासले सन् १९६० मा दौत्य सम्बन्ध स्थापनाभएदेखि नै मसाभले नेपाललाई विकास कार्य, विशेष गरी मानवश्रोतको दक्षता विकासमा सघाउँदै आएको छ ।
यो विशेष अवसरलाई मनाउन काठमाण्डांैस्थित इजरायली राजदूतावासले यस वर्ष इजरायलको स्वतन्त्रता दिवस मनाउन छुट्याइएको रकम अपाङ्ग बालबालिकाहरुको हिंडडुलमा पहँुच र आत्मनिर्भरता बृद्धि गरी जीवनमा सहजता ल्याउने विशेष कार्यमा खर्च गर्ने निर्णय गरेको छ । लायन्स क्लब काठमाण्डौ क्यापिटल डिस्ट्रिक्ट ३२५–ए२ र करुणा फाउन्डेसन नेपालले यस मानवीय कार्यमा इजरायली राजदूतावाससँग हातेमालो गरेको छ ।

खासगरी बालबालिकाहरुको लागि तयार पारिएको ४० वटा इजरायली“व्हिलचियर अफहोप”माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले इजरायली राजदूतावासद्वारा काठमाण्डौमा आज (मंगलबार)आयोजित एक विशेष समारोहमा अपाङ्ग बालबालिकाहरुलाई वितरण गर्नुभयो ।

प्रमुखअतिथि माननीय परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, आज लाभान्वित हुने बालबालिकाहरुलाई व्हिलचियरहरुले गर्दा हिडडुल गर्न सहज हुने बताउदै भन्नुभयो, हाम्रो दुई देशबीच सम्बन्ध स्थापनाकालदेखि नै नेपालको सामाजिक–आर्थिक विकासमा इजरायल सरकारद्वारा निरन्तर प्राप्त सहायताको सराहनागर्दै मन्त्री ज्ञवालीले भूकम्पपछि मानवीय सहायताका साथै चिकित्सको ठूलो टोली खटाएर अस्पताल नै स्थापना गरी बिरामीको उपचार गरेकामा इजरायलको प्रशंसा गर्नुभयो र दुई देशबीचहालै भएको परामर्श संयन्त्रको बैठकबाट आफू सन्तुष्ट रहेको बताउँदै उहाँले आपसी सहकार्य र सहयोगका क्षेत्र भविष्यमा अझविस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

सो समारोहमा बोल्नुहुन्दै महामहीम इजरायली राजदूत बेन्नीओमेरले यस्तो मानवीय कार्यमा राजदूतावासले केही सहयोग गर्न सकेकोमा सन्तुष्टि व्यक्त गर्नुका साथै यस्तो विशेषखालको, हलुका र आरमदायी व्हिलचियरको प्रयोगले यी बालबालिकाहरुमा आफै स्वतन्त्र भएर हिंलडुल गर्न सक्ने क्षमता बढाउने छ भन्नुभयो । साथै उहाँले भविष्यमा पनि यस्ता मानवीयकार्यहरुमा इजरायली राजदूतावासले सहायोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लायन्स क्लवईण्ट्रन्यासनलका डिस्ट्रिक्ट ३२५–ए२ का डिस्ट्रिक्ट गभर्नर लायन सुदर्शनधर प्रधानाङ्गले सन् १९१७ मा “हामी सेवा गर्छौ” भन्ने मूल नारा सहित स्थापनाभएको लायन्स क्लव ईण्ट्रन्यासनलले विश्वभर २०४ देशहरुमा रहेका आप्mना १४ लाख सदस्यहरुमार्फत जनताहरुलाई सेवाप्रदानगर्दै आएको बताउनु भयो । लायन्स क्लबहरु मानवीय संगठनहरु हुन्, जसले डायविटिज, न्यूनदृष्टि र बाल्यकालमा हुने क्यान्सर नियन्त्रण गर्ने, वातावरण संरक्षण गर्ने, राहत वितरण गर्ने जस्ता मुख्य कार्यहरु गर्दछन् ।

उक्त समारोहमा बोल्नु हँुदै, करुणा फाउण्डेशन नेपालका उपाध्याक्ष प्रा.डा. भगवान कोइरालाले बालबालिकाहरु अपाङ्ग हुनबाट बचाउन, अपाङ्ग बालबालिका तथावयस्क र तिनका परिवारहरुको जीवनस्तरमा सुधार गर्न लक्षित फाउण्डेशन काकार्यक्रमहरु बारे प्रकाशपार्नु भयो । उहाँले भन्नुभयो, नेपालमा अपाङ्गब्यक्तिहरुलाई वातावरणीय र व्यवहारिक अवरोधहरु सामना गर्नु नै मूख्य चुनौतीभएको छ । उहाँले थप प्रकाश पार्दै भन्नुभयो, सबै अवरोधहरु र मिथ्याहरुलाई तोड्दै जनसंख्याको यो हिस्सालाई मूलधारमा ल्याउन ढीला भैसकेको छ ।

उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री लगायत सबै वक्ताहरुले शारिरीक रुपले अशक्त बालबालिकाहरुलाई व्हिलचियर वितरण गर्ने राजदूतावासको यो प्रशंसनीय र मानवीयकार्यको सराहनागर्दै यसले ती बालबालिकाहरुलाई हिंडडुल गर्न मात्र होइन जीवनमा पूर्ण क्षमता विकास गर्न पनि सहयोग हुने बताउनु भयो र साथै राजदूत ओमेरलाई जन स्तरमा सम्बन्ध विकासको पहलका लागि धन्यवाद दिनुभयो ।

भविष्यमा पनि इजरायली राजदूतावासले असक्तजनता र उनीहरुको जीवनस्तरमा थप सुधार ल्याउने यस्ता सामाजिक कार्यका लागि सहयोग गर्न सकोस भन्ने आशा गर्दछ । सन् २०१० मा पनि इजरायली स्वतन्त्रतादिवस मनाउन छुट्याइएको रकमबाट काभे्र जिल्लाको विकट गाउँ मानेखर्कमा इजरायलको “आइफ्रमजायन” बाट नेत्र विशेषज्ञहरुको टोलील्याई निःशुल्क आँखाशिविर संचालन गरेको थियो । सो शिविरबाट दृष्टि सम्बन्धी समस्याले ग्रस्त बृद्धबृद्धाहरु तथा केटाकेटीहरु लगायत ५५ जनाले मोतियाबिन्दु शल्यक्रिया र अन्य उपचारबाट लाभान्वित भएका थिए ।

आयोजकहरु यस्ता मानवीय कृयाकलापहरुबाट नेपाल र इजरायलबीचको दुईपक्षिय सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि स्थापित भई थप मजबुत हुने कुरामा विश्वस्त रहेका छन् , जुन मैत्री सम्बन्ध विकासको एक महत्वपूर्ण हिस्सा पनि हो ।