डाक्टर गोबिन्द केसीको माग सम्बोधनका लागी सरकार प्रयासरत छ : स्वास्थ्यराज्यमन्त्री अर्याल ।

चितवन, ३२ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा। गोविन्द केसीको माग हुबहु रूपमा पूरा गर्न नसकिने बताएकी छिन् । पूर्ण खोप सुनिश्चित चितवन जिल्ला घोषणा समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले डा। केसीको माग प्रति सरकार गम्भीर भएको तर , पुरा गर्न भने नसकिने बताएकी हुन् । उनले भनिन् “डा।केसीको माग प्रति सरकार गम्भीर छ, जायज माग पूरा गर्ने गरिने छ । ’तर हुबहु रूपमा पुरा गर्न भने कुनै हालतमा सकिदैन ।” स्वास्थ्य क्षेत्रको बेथिति रोक्दै जनताको घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पु¥याइने राज्यमन्त्री अर्याालको भनाइ थियो ।अहिले पनि देशभरका दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नभएको भन्दै उनले ती वडामा स्वास्थ्य सेवा पु¥याउने सरकारको पहिलो प्राथमिकता रहेको बताईन् । कार्यक्रममा सांसद दिलकुमारी ९पार्वती० रावल, प्रदेश सांसद कृष्ण खनाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झालगायतले बोलेका थिए ।