अस्तब्यस्त हुुँदै ईलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरी

गुम्राहमा उपल्लो निकाय


चितवन , २६ असार । ईलाका प्रहरी कार्यालय गैंडाकोट केही सिमित ब्यक्तिका कारण झन्डै एक बर्षदेखी अस्तब्यस्त हुुँदै गएपनि सम्बन्धित निकाय रमिते बन्ने गरेकाले यस क्षेत्र लागुऔंषध, बैश्यावृती, जुवाखाल सञ्चालन र तस्करीको केन्द्र बन्दै गईरहेको छ ।
लामो समयदेखि त्यस क्षेत्रमा रहेका सई देबराज शर्मा र उनले परिचालन गर्ने घुमुवाहरुको कारण गैंडाकोट प्रहरी बदनाम बन्दै गएको हो । यस क्षेत्रमा घुमुवाका रूपमा परिचालित विजय यादव र सई देबराज लगाएतका बदनाम प्रहरीहरु ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट अन्यत्र गईसकेपनि गलत प्रवृती र शैली भने अझै बाँकी रहेको आम गुनासो आईरहेकै छ । अहिले गैडाकोटमा प्रहरी निरिक्षक दिवस जिसीको ईसारामा एकछत्र राज गर्दै आएका प्रहरी जवान वीरेन्द्र लामाकै कारण गैंडाकोट यस क्षेत्र अस्तब्यस्त हुँदै गएको प्रहरी स्रोत बताउँछ ।
चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले जिल्लामा कुनै पनि अनैतिक गतिविधि हुन नदिएपछि त्यस्को लागी केही ब्यक्तिहरुले गैंडाकोटलाई लिने गरेको छ । अहिले सो , क्षेत्रभरी नै अनैतिक क्रियाक्रलापले जरा गाड्न थालेको गुनासो स्थानीय वासिन्दाको छ । कार्यालय प्रमुखको अक्ष्मता र रुग्न कार्यशैलीका कारण स्थानीय हैरान छन् । कार्यालय प्रमुखको कमजोर कमान्डर र सुरक्षाको कारण स्थानीयले राम्रोसँग शान्तिसुरक्षाको महशुस समेत गर्न पाएका छैनन् । उहीँ समयमै कार्यालयका तत्कालीन प्रहरी नायब निरीक्षक देवराज शर्माका दुई बिश्वासिलो घुमुवा मध्य रहेकोमा प्रहरी जवान बिजय यादवलाई चार नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको आवश्यक अनुसन्धानका क्रममा दोषी पाइए लगत्तै नौ महिना अगाडि नै ग्रेड कट्टा गरी गणमा थन्क्याएको भएपनि अर्का बदनाम प्रहरी जवान वीरेन्द्र लामामाथि भने चार नम्बर प्रदेश प्रहरी कार्यालयले खासै गम्भीरतापूर्वक अनुसन्धान गर्न नसकेको प्रति स्थानीयबासी चार नम्बर प्रदेश प्रहरी कार्यालयप्रति नै रुष्ट बनेका छन् ।
उहीँ समयमा यादव संँगसंँगै लामाको बिषयमा समेत प्रहरी मुख्यालयका साथै सम्बन्धि प्रदेश प्रहरी कार्यालयमा समेत उजुरी परेको भएपनि उनलाई बचाउन कार्यालयका स्वयं तत्कालीन प्रहरी नायब निरीक्षक देवराज शर्मा आफैं लागिपरेको कुरा यसअघि नै सार्बजनिक भएपनि उनलाई अझै काबाही हुन सकेको छैन् ।
उनका बिश्वासिला सई शर्माको समेत पर्दाफास भएपछि दुई साता अगाडि मात्रै उनी दरबन्दी भएको क्षेत्र स्याङ्जामा फिर्ता भए तापनि, उनलाई हालका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसीको समेत पुर्णतः संरक्षण रहिआएको छ । कुनै पनि कार्यालय प्रमुख जिल्लामा आईसकेपछि बिवादितरहित रूपमा कामकारबाही गर्न चाहन्छन् । अनि जनमानसको ढुकढुकीमा समेत बस्न रुचाउँछन् । तर, गैंडाकोटका प्रहरी प्रमुख भने लामो समयदेखि अहिले त्यस्को ठिक बिपरिततर्फ चल्दै आएका छन् । कार्यालय प्रमुख जुुन आएपनि चापलुसी पार्न अह्म भुमिका खेल्ने प्रहरी जवान लामाले हालका प्रमुख प्रहरी निरीक्षक जिसीलाई समेत आफ्नु कब्जामा लिन सफल भईहाले ।
संगठनको नीतिनियम र कार्यक्षेत्र भन्दा बाहिर गई अबैध रूपमा उठन्थेमा लाग्दै आएका प्रहरी जवान लामाको जिल्ला प्रहरी कार्यालय नवलपुर र चार नम्बर प्रदेश प्रहरी कार्यालयले उचित बैकल्पिक ब्याबस्थाका रूपमा अझैसम्म खोज्न सकिरहेका छैनन् । स्रोत भन्छ स् लामो समयदेखि प्रहरी जवान लामाको बिषयमा सञ्चारमाध्यममा खबर प्रकाशित हुनुका साथै मुख्यालयले समेत यस बिषयमा ध्यानाकर्षण गर्न गराउन थालेपछि स्वयं प्रहरी निरीक्षक जिसी नै गुम्राहमा राख्न लागिपरेका थिए । उनी भन्छन् स् गत, असार दोस्रो साता चार नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहरा ज्यु आफैं स्थलगत रूपमा रिपोर्टिङका लागी गैंडाकोट आउनुभएको थियो र उक्त समयमा प्रहरी जवान वीरेन्द्र लामा र प्रहरी नायब निरीक्षक देवराज शर्माको बिषयमा धेरै नै गुनासो आएको भन्दै कार्यालय प्रमुख जिसीलाई यस प्रति सचेत हुन समेत कडाइका साथ निर्देशन दिइएको थियो ।
यद्यपि , कार्यालय प्रमुख जिसीले एउटा कानले सुनेर अर्को कानले उडाईदिइ हाले । उनी थप्छन् स् कार्यालय प्रमुखलाई तिनीहरु कहाँ छन् खै ? भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा उनीहरुलाई यहाँबाट हटाइसकेको जवाफ जिसी सरले डिआइजी साबलाई दिनुभयो । तर , त्यो देखावटी रूपमा मात्रै रहेछ । डिआइजी साबलाई दिनुभएको प्रतिक्रिया अनुसार एक जना सई साब स्याङ्जा जानुभएको हो । घुुुमुवाको जिम्मेवारी बाट हटाइएको भनिएको प्रहरी जवान वीरेन्द्र लामा अझै पनि गैंडाकोट मातहतमै अवस्थित अस्थायी प्रहरी पोष्ट बेल्डियामा छन् । उनले अहिले पनि आर्थिक कारोबारका रूपमा हेर्दैआएका छन् । र, केही हिस्सा समेत उनले पाउने गरेका छन् । यदी आरोप प्रति कुनै सत्यता नभएको भए डिआइजी साबलाई प्रहरी जवान लामालाई सादाको पोशाकबाट हटाइसकेको भनी झुठ किन बोलियो त ? उनी प्रश्न गर्छन् स् यदी कार्यालय प्रमुख सहि हुनुहुन्थ्यो भने , उहाँलाई प्रदेशले अनुसन्धानका लागी बोलाउदा किन रोक्नुभयो त ? अनि उनलाई दरबन्दीमा फिर्ता नगरेर अस्थायी प्रहरी पोष्ट बेल्डियामा पठाए जस्तो गरेर सादा पोशाकमा खटाइ अबैध असुली गर्नुले समेत शंका गर्ने प्रशस्तै ठाउँ रहेको छ । मुख्यालय र चार नम्बर प्रदेशको समेत आँखा छलेर त्यहाँ कार्यारर्त नभएको भनी गलत प्रचारबाजी किन र्गयो त ? ती प्रहरी ठोकुवाका साथ भन्छन् स् लामालाई प्रहरी मुख्यालय मै तानेर आवश्यक रूपमा पोलिग्राफ टेस्ट गर्न लगाई अनुसन्धान गरेमा उनले संंगठनको नीतिनियम र कार्यक्षेत्रमा गई काम कारबाही गरे नगरे सबै छताछुल्ल हुनेछ । यतिखेर कार्यालयकै चर्चित बदनाम घुमुवा प्रहरी जवान लामाकैै कारण गैैंडाकोट क्षेत्रभरी नै अशुली आतंकले जरा गाडेको भए पनि नियमक निकाय रमिते बन्ने गरेको स्रोत बताउँछ ।
उनी देखी सबैभन्दा बढी पीडित सवारी चालक र बिजयचोकका स्थानीय छन् । बिशेषत स् उनले पश्चिम क्षेत्रहरूबाट गाई , गोरु बोकेर आएको सवारी साधनसित रातीको समयमा पैसा उठाउने ठेक्का लिने गरेको समेत प्रहरी स्रोत दाबी गर्छ । एक प्रहरीले भने, पश्चिमबाट गाईगोरु बोकेर आएको भारतीय नम्बर प्लेटको सवारीसाधनसित पैसा उठाउनु र माथिल्लो निकायसम्म बुझाउने ठेक्का लामाले नै बटुल्ने गरेको छ । जस्ले गर्दा कार्यलय प्रमुखले उनलाई काखी च्यापेका हुन श्रोत भन्छ । एकातर्फ गैंंडाकोट प्रहरीले राम्रो नेतृत्व पाउन नसकिरहेको बेला भारतीय नम्बर प्लेटका गाडीसित पैसा उठाउनुले पनि आमसर्वसाधरण प्रहरी निरीक्षक दिवश बहादुर जिसि प्रति नै शंका गर्न थालेका छन् ।
गुनासोको ठेली देख्दा हामी आत्तिसक्यौं ( प्रहरी अधिकृत ।
यता, एघार जिल्लाको मुख्यालय चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले पनि प्रहरी जवान वीरेन्द्र लामाको बिषयमा धेरै नै गुनासो आएको दाबी गरेको छ । कार्यालयका एक उच्च प्रहरी अधिकृतका अनुसार तुलनात्मक हिसाबले भन्नुपर्दा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी जवान वीरेन्द्र लामाको उजुरी अहिलेसम्मकै अग्रपंक्तिका रूपमा छ । उनको गुनासोको संख्या दर्जनभन्दा बढी रहेको ती प्रहरी बताउँछन् ।
उनैको कुरालाई आधार मान्ने हो भने तत्कालीन एआइजी कमल सिंह बमकै पालादेखी गुनासोको चाङ्ग लाग्न थालेको र अहिले महिनामा एउटाका दरले आइरहेको दाबी गरे । सुरुसुरुमा प्रहरी प्रधान कार्यालयबाट आवश्यक रूपमा अनुसन्धान प्रक्रियालाई अघि बढाई यस कार्यालयलाई सत्यतथ्य लेखी पठाउन निर्देशन भएको थियो । त्यसपछि क्रमशः गृह मन्त्रालयबाटै पत्राचार हुन थालिएको छ । र , अहिले हाम्रै इमेल मार्फतका साथै डिआइजी साबलाई नै उनी देखी आजित भएका स्थानीयले ध्यानाकर्षण गराउन थालेका छन् । सम्बन्धि निकायहरूबाट हामीलाई बास्तबिकता बुझेर प्रतिबेदन पठाउन बारम्बार भनिएको छ । तर, उनको बिषयमा प्रमाण नै नभेटेपछि हामीलाई कार्वाही गर्न थप असहज परिस्थिति निम्तिएको हो । कसैले भनेकै आधारमा कार्वाही गर्नु भन्दा पनि प्रमाणको खाँचो हुन्छ उनले भने हामीले प्रमाण झुटाउदै छौँ , प्रमाण फेला परे उनलाई निलम्बन गर्छौंं । प्रहरी जवान लामाको बिषयमा कुनै पनि प्रमाण भए डिआइजी साबलाई उपलब्ध गराउनुहोस् । प्रमाण भेटिए निलम्बन गर्नुहुन्छ । हो , हामी उहाँको गुनासोको ठेली देखेर आजित भइसकेका छौँ । प्रमाण छ भने उपलब्ध गराउनुहोस् , त्यसलाई प्रदेशमै झिकाई ७२ घण्टा भित्र कार्वाही गर्छौ । उनले भने , चार नम्बर प्रदेशले केही गरेनन् होइनन् गर्ने पक्षमै छ ।
प्रहरीलाई सुशासनतर्फ दौडाउन डिआइजी साब आफैं लागिपर्नु भएको छ । यसैमा , प्रदेश प्रहरी कार्यालयले केही गरेनन् भन्नू मुर्खता हो । यसअघि दरबन्दीमा जान नमान्ने प्रहरी सहायक निरीक्षक सर्स्वती बर्देवा र प्रहरी नायब निरीक्षक देवराज शर्मालाई क्रमशः तनहुँ र स्याङ्जाको रवाना दिन स्वयं डिआइजी साबले निर्देशन दिनुभएको थियो । भने , ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसीलाई समेत सुरक्षाको बिषयमा संबेदनसिल हुन कडाइका साथ निर्देशन दिनुभएको छ । आशा गरौं , अबको एक साताभित्रै उनलाई त्यहाँबाट हटाइ उचित बैकल्पिक ब्याबस्था खोज्नेछौं । नाम नबताउने सर्तमा ४ नम्बर प्रदेश प्रहरीकै एक प्रहरी भन्छन् स् अबको एक साताभित्र प्रदेशले प्रहरी जवान र हवल्दारको सरुवा निकाल्दै छ सो क्रममा प्रहरी जवान लामालाई पहिलो प्राथमिकतामा राखी दुर्गममा खटाउने तयारी प्रदेश प्रहरीले गरिरहेको छ । उनलाई दुर्गममा खटाउने त्यस्तो ठाउँमा खटाउने जहाँ रासन भत्ता पनि नआओस् । त्यो ठाउँमा खटाउने गृहकार्य गरिरहेको समेत स्रोत दाबी गर्छ ।