प्रकोपबाट बच्नका लागी वनको उचित व्यवस्थापनमा जोड


चितवन । सामुदायिक प्रकोपबाट बच्नका लागी वनको उचित व्यवस्थापनमा जोड दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल चितवनले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सञ्जालले चितवनको ईच्छाकामना गाउपालिका वडा नम्बर ७ का नवनिर्वाचित पदाधिकारीहरुसंग अन्तरक्रिया गर्दै वनको संरक्षण र उचित व्यवस्थापन गरेमा मात्र प्राकृतिक प्रकोपबाट बच्न सकिने जनाएको हो । सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बाढी, पहिरो, प्रदुषण लगायतका प्रकोपबाट जोगिनका लागी रुख रोपेर प्राकृतिक संरक्षणमा योगदान पु¥याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ईच्छाकामना गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बम बहादुर थापा मगरले रुख रोप्ने कार्यक्रमलाई प्रोत्साहन गर्दै वातावरण संरक्षण गर्न सकेमा मात्र प्राकृतिक विपत्बाट जोगिन सकिने बताउनुभयो । सो कार्यक्रममा विशिष्ठ अतिथि रहनुभएका दियालो परिवारद्वारा संचालित हरियो वन कार्यक्रमको सहयोग समिति संयोजक कृष्ण हरि देवकोटाले हरियो वन कार्यक्रमलाई सार्थक बनाउनु पर्ने बताउनुभएको थियो । सो कार्यक्रममा आयोजक संस्थाकी केन्द्रिय सचिव मेनुका रिमालले प्राकृतिक प्रकोपबाट हुने भौतिक र मानविय क्षतिका बारेमा प्रकाश पार्नुभएको थियो ।
सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल चितवनका सहसचिव भीम बहादुर चेपाङले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरिक्षक सकुन्तला पोखरेल, सञ्जालका जिल्ला सचिव रामहरि घिमिरे, सञ्जालका ईच्छाकामना गाउपालिका ७ का अध्यक्ष खड्ग बहादुर गुरुङ, स्थानियबासी समाजसेवी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल चितवनकी अध्यक्ष विष्णुमाया पाण्डेको अध्यक्षतामा भएको थियो ।