कारागारमा ‘डन’ बस्नेत र बाहुनको हाईफाइ जिन्दगी

newsabhiyan

काठमाडौं, २७ वैशाख । सुधार केन्द्रका रुपमा हेरिएका राजधानीलगायत देशका अधिकांश कारागार अपराधीहरुको अखडा बन्न पुगेका छन् ।

नख्खु कारागारभित्र बर्दियाका भक्तबहादुर सुनारको हत्यासँगै कारागार अपराधको अर्को आश्रय स्थल बन्न पुगेको पुष्टि भएकोे हो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका सुनारको बैशाख २१ गते राति कारागारभित्रै हत्या भएको थियो ।

कारागरमा चौकिदार, नाईके जेलर र प्रहरी प्रशासनको मिलोमतोमा अन्य कैदी बन्दीमाथि पनि शोषण हुँदै आएको समाचार यसअघि आइरहेका छन् ।

कारागारमा यो समूहले अन्य कैदी बन्दीलाई बाध्यमक तरिकाले असुली गर्दै आएको छ । राज्यले दिएको सेवा सुबिधा लिन समेत यो समूहलाई मोटो रकम बुझाउनु पर्ने कारागारमा बाध्यात्मक नियम छ । प्रशासन र चौकिदारलाई रिझाउन नसकेकै कारण सुनुवारको हत्या भएकोे कारागार स्रोत बताउँछ ।

पछिल्लो समय कारगार डनहरुको हालिमुहाली भएको छ । सुनवारको हत्या भएको नख्खु कारगारमा काठमाडौंका कुख्यात गुण्डा तथा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्या काण्डाका नाइके समिरमान बस्नेतले राज गर्दै आएका छन् । जेल प्रशासन र कैदीलाई खुशि बनाउन गुण्डा नाईके बस्नेतले दश लाख लगानी गरी आधुनिक जिम हल समेत बनाएका छन् ।

तर, अहिले बस्नेतले प्रहरी र चौकिदारसँग मिलेर कैदीहरुबाटै जिमहल बनाएको रकम असुली गर्न थालेका छन् । जेलमै बसेर ठेकदारहरुलाई धम्क्याएर असुली गर्दै आएका बस्नेत ठूलो घटना घटाउने योजनामा रहेको उनी निकट स्रोत बताउँछ । त्यस्तै, केन्द्रिय कारागार सुन्धारामा रहेका अर्का गुण्डा नाइके रमेश बाहुन पनि जेल प्रशासनको मिलेमतोमा धन्दा चलाइरहेका छन् । बस्नेत र बाहुनले ठेकेदारलाई धम्क्याएर नै कारागारमा आफ्नो हाईफाई जिन्दगी बिताइरहेका छन् ।

बस्नेत र बाहुनले कैदीहरुबाट असुलेको पैसाबाट राजधानीका महंगा रेष्टुरेन्टहरुबाट प्याकिङ मगाएर खाने गरेका छन् । यस अघि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले कारागारमा रहेका अपराधीहरु मर्सिटिज गाडी लिएर बाहिर घुम्ने गरेको रहस्य खोलेका थिए । तर, अहिलेसम्म पनि मन्त्री वादलले कारागारका गुण्डाहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन सकेका छैनन् ।

जेल प्रशासन र कारागारलाई सरकारले गंभिर रुपमा लिएर त्यहाँ भित्र हुने गरेका अवैध धन्दाहरुको बारेमा अनुसन्धान नगर्ने हो भने कारागार सुधार केन्द्रका रुपमा स्थापित नभई अपराध र आपराधिक गिरोहको अखडा बन्न सक्ने खतरा पैदा भएको छ ।

राज्यले दिएको सुबिधामा छुट्न पाउन कारागारका चौकीदार बुद्ध गुरुङ र जेलरले १५ लाख मागेको र नदिएपछि सुनुवारको कुटपिटबाट मृत्यु भएको सुनारले मृत्यु अघि लेखेको ‘सुसाइट नोट’ उल्लेख छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।