दोहोरो नागरिकताधारी बस्नेतलाई एमाले नेतृ एवम् महिला बालबालिका मन्त्रीको संरक्षण
काठमाडौं, २७ वैशाख । समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेत दुईवटा नागरिकता लिएको काण्डमा फसेका छन् । दुईवटा नम्बर रहेको नागरिकता लिएका वस्नेतलाई महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा मगरले संरक्षण गरेकी छिन् ।
कारबाही गर्नुपर्ने निर्देशक बस्नेतलाई मन्त्री थापाले परिषद्को प्रशासन विभाग र योजना विभागको जिम्मेवारी दिएकी छिन् । निर्देशक बस्नेतविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । परिषद्का निर्देशक वस्नेतले दुईवटा नगरिकता लिएको विषयमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा पुगेर बयान पनि दिएका छन् ।
बयानमा वस्नेतले पुरानो नागरिकताअनुसार अवकास पाइसकेको बताएका छन् । उनले नयाँ नागरिकता अनुसार आगामी फागुन १५ गतेसम्म काम गर्न पाउनेछन् ।
बस्नेतले २०३५र११र२८ मा १८ वर्ष उमेर तोकी १२६९र०३५र०३६ नम्बरको पहिलो नागरिकता लिएका थिए । यसैलाई आधार मान्ने हो भने उनी २०१७ सालमा जन्मिएको र हाल ५८ वर्ष पुगिसकेको देखिन्छ । तर, उनले २०४४र१०र११ मा नागरिकता टोलीबाट २÷२०५ नम्बरको अर्को नागरिकता लिएका थिए । जसमा जन्म मिति २०१८र३र१५ उल्लेख छ ।
सरकारी कर्मचारी भएर लाभका पदमा बस्न दोहोरो नागरिकता लिएर कीर्तेकाण्ड मच्चाएका निर्देशक बस्नेतलाई मन्त्री थापाले संरक्षण गरेकोमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र समाजकल्याण परिषदका कर्मचारीहरू छक्क परेका छन् । स्रोतका अनुसार मन्त्री थापालाई ठूलो आर्थिक प्रलोभनमा पारेर निर्देशक बस्नेत कारबाहीबाट जोगिएका छन् ।
यसअघि नागरिकताको जन्ममिति कीर्ते भएको अभियोगमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सरकारले न्यायपरिषद्को सचिवमार्फत हटाएको थियो । तर, पराजुलीले भन्दा पनि गम्भीर अपराध गरेका निर्देशक बस्नेतलाई एमाले नेतृ एवम् महिला बालबालिका मन्त्री थापाले नै संरक्षण गरेको भन्दै आलोचना सुरु भएको छ । यो समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।