खुट्टा नकमाई काम गर्न प्रदेश नं. ३ का गृहमन्त्री जम्मरकट्टेलको निर्देशन

चितवन । प्रदेश नंं ३ का गृहमन्त्री शालिकराम जम्मरकट्टेलले नयाँ राजनीतिक व्यवस्थालाइ स्थायित्व दिन सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
मंगलबार भरतपुरमा आयोजित प्रदेश नंं ३ को बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जम्मरकट्टेलले अहिलेको राजनीतिक व्यवस्थाको पक्षमा अलि दरो भएर उभिनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको व्यवस्था ख्याल ख्यालमा आएको होईन ,उहाँले भन्नुभयो ,“ठुलो संघर्ष ,बलिदान र तपस्यबाट आएको हो ।यस व्यवस्थामा सबै जना समाहित हुनुको विकल्प छैन ।” यस व्यवस्थालाई जनताले यो मेरै व्यवस्था हो भन्ने अनुभुती गर्न पाउनुपर्ने उहाँको भनाई थियो । देश परिवर्तनका लागि अडिग भएर ३ तहका सरकारले डटेर सामाना गर्न सके मात्र देशमा समृद्धि आउने उहाँले तर्क गर्नुभयो ।

मन्त्री जम्मरकट्टेलले जनताले सरकारसम्म आफ्ना गुनासा राख्न नपाएकै कारण सिंहदरबारको अधिकार घरमा पुगोस् भन्ने उदेश्यले नै देशमा ३ तहको सरकार निमार्ण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ,“सरकारका पहुँच कसरी जनता सम्म पुर्याउने भन्ने पहिला समस्या थियो । अहिले जनताको गुनासो अब सहज ढङगबाट सुन्न सकिन्छ ।” गृहमन्त्री जम्मरकट्टलले गरिब ,निमुखा ,विपन्न ,पिडित जनताको पक्षमा काम गर्न तहगतका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

जनताको गुनासो सुन्ने र त्यसलाई हल गर्ने तर्फ प्रदेश तथा स्थानिय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । देशमा ठुला ठुला राजनीतिक परिर्वतन भईसकेको भन्दै मन्त्री जम्मरकट्टेलले अब हामीले कुरा भन्दा काम गर्ने परिपाटी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो , हामीले व्यवहारमा ,संस्कारमा परिवर्तन गर्ने हो ।अब कुरा भन्दा काममा जोड दिऔं।

मन्त्री जम्मरकट्टेलले जनतालाइ यो व्यवस्थाको अनुभुति गर्न नसके १५ बर्ष पछि देशमा यहि व्यवस्थाको विरुद्ध अन्दोलन हुने टिप्पणी गर्नुभयो ।