भरतपुर १३ को फोहोर व्यवस्थापनको लागी स्थानीय सरकारलाई लाई योङ्ग–नेपालको ज्ञापन पत्र

भरतपुर महानगरपालीका वडा नम्बर १३ को फोहोर व्यवस्थापन गर्न वडाको ध्यान आकर्षण गरिएको छ । वडाको फोहोर व्यवस्थापनमा
स्थानीय सरकार जानकारविहिन भएको भन्दै आज (सोमवार) योङ्ग–नेपाल संस्था मार्फत कार्यवाहक वडा अध्यक्षय किशोर पौडैल लाई ज्ञपन पत्र बुझाईएको हो । विज्ञप्तीमा वडाको फोहोर व्यवस्थापनको लागि वडाले नियमित रुपमा नगरपालिकाको फोहोर संकलन गर्ने गाडीको वडा समक्ष माग गरिएको छ । संस्थाका अध्यक्ष विवेक पोख्रेलले फोहोर संकलनको उचित व्यवस्था नहुदा सडक,कुला र खोल्साहरुमा फोहोरका थुप्रहरु देखिन थालेकाले बर्खालागे संगै रोगको पनि प्रकोप बढ्ने हुदा ज्ञापन पत्रमार्फत वडाको ध्यान आकर्षण गरिएको वताउनु भयो ।भरतपुर १३ मा बाटुली पोखरी, छितामाई,कमलपोखरी लगायतका धार्मीक पर्यटकीय स्थलहरु रहेका छन् ।