उपमेयरको घरमा बम बिस्फोट

पुर्व अर्थमन्त्री पाण्डेको घर नजिकै पनि बम फेला ।


चितवन , २२ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ । आज ९विहान० करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घर नजिक बम विस्फोट हुँदा लामाको घरमा सामान्य क्षति पुगेको छ । उपमेयर लामाले बम विस्फोटले झ्यालको सिसा फुटेको बताउनुभयो । सो घरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय समेत रहेको छ । स्थानीयले ठूलो आवाजमा बम विस्फोट भएको बताएका छन् । प्रहरीले बमको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुन सक्ने अनुमान लगाएको छ । बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको चितवन प्रहरीले जनाएको छ । यसैबीच , बम विस्फोट भएको स्थान पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नंं।१ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेको घर समेत नजिक पर्छ । पाण्डेको घर नजीक पनि बम फेला परेको खबर छ ।
बिप्लवका ४ कार्यकर्ता प्रहरी नियन्त्रणमा ।
यता , चितवन प्रहरीले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई शुक्रबार राती पक्राउ गरेको छ । गएराती इलाका प्रहरी कार्यालय खैरहनीले ज्यामिरे आसपासका विभिन्न क्षेत्रबाट विप्लवका चार कार्यकर्ता लाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा केशव परियार, प्रशान्त तामाङ, अमित गुप्ता र समिर तामाङ रहेका छन् । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आज विप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको आह्वान गरेपछि प्रहरीले विप्लवका कार्यकर्ताहरुलाई हिजो राती नै पक्राउ गरेको हो ।