फेमिली पिस एसोसियसनको शुभारम्भ हुँदैं

फेमिली पिस एसोसियसन नेपालको शुभारम्भ भोली शनिबार चितवनबाट हुने भएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा फेमिली पिस एसोसियसन नेपाल उदघाटन समितीका संयोजक प्रा.डा. होम ब. बस्नेतले सो कुराको जानकारी दिएका हुन् । सम्मेलन भोली शनिबार बि.पि. कोईराला क्यान्सर अस्पताल भरतपुरको सभाहलमा विहान ११ बजे गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।
आर्दश परिवार नै विश्वशान्तिको आधार हो भन्ने मान्यतालाई अगांल्दै हरेक परिवारमा साश्वत सत्य, सिद्धान्त, मुल्य मान्यता, लोकोपकारीता तथा सदाचारीताको संस्कार मार्फत पारिवारीक संरचनालाई सुसंगठित, सवल र सशक्त बनाउँदै साँचो प्रेम, सच्चा जीवन तथा अनन्त वंशको प्रतिक बनाउन एफ.पि.ए.को चितवनबाट शुभारम्भ हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
परिवारबाट मात्र विभिन्न समस्याको जडैबाट समाधान हुन सक्ने भएकोले पारिवारिक मुल्य मान्यता र संस्कारलाई अगाडी बढाउदै लैजाने सस्ँथाको उद्धेश्य रहेको सँस्थाका सभापति किशोरराज भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार विवाहयोग्य महिला पुरुषको बिवाहित श्रीमान श्रीमती तथा परिवारका वालवच्चाहरुको समय सुहाउदो प्रशिक्षण दिदै जाने यसको कार्यक्रम रहेको छ ।

कार्यक्रममा सँस्थाका क्षेत्रीय निर्देशक डा. माईकल जि. जाब्लानको विशेष उपस्थिति एवं आध्यात्मिक चिन्तक चैतन्य कृष्णज्यू को प्रमुख आतिथ्यमा हुने आयोजकले जानकारी दिएको छ ।