काठमाडौंमा आइपीएल सट्टेबाजी बुक्की खेलाउने दुई पक्राउ

एक लाख ४० हजार ५ सय र जुवाको बहिखाता नियन्त्रणमा

काठमाडौं । भारतमा जारी क्रिकेटको इन्डियन प्रिमियर लिग ९आइपीएल०मा सट्टेबाजी गराउँदै जुवा खेलाउने दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक लाख ४० हजार ५ सय नगद र जुवाको बहिखातासहित भारतको पिपरा स्टेशन थाना घर भएका ४२ वर्षिय मुकेश जैसवाल र मोतिहारी ढाकास्टेशन घर भएका २१ वर्षिय सञ्जिव कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । मुकेश जमल र सञ्जिव टंकेश्वरमा बस्दै आएका थिए ।

काठमाडौंको सुन्धारा खिचापोखरी क्षेत्रमा उनीहरूले सट्टेबाजी खेलाइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

आइपीएल सुरू भएपछि नेपालमा यस्तो बाजी खेलाउने गिरोह नै सक्रिय भएको प्रहरीको अनुमान छ । यस गिरोहलाई नागराज नामले चिनिने अमित अग्रवालले नेतृत्व गरेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

आइपीएल सट्टेबाजी खेलमा नेपालबाट मात्रै बार्षिक ५ अर्ब रूपैंया भारत जाने गरेको छ ।

निशानामा नागराज
अन्डरवर्ल्ड डन दाउद इब्राहिमले सुरू गरेको सट्टेबाजीको नेपालका प्रमुख एजेन्ट नागराज भएको जानकारहरू बताउँछन् । दुई बर्ष यता सट्टेबाजीको बिषयमा प्रहरीले बिषेश चासो राख्न थालेपछि माफियाले भाइबर, इन्टरनेटका अन्य उपकरणहरू तथा गोप्य व्यक्तिमार्फत जुवा खेलाउँदै आएका छन् ।

यस्तो बाजी खेलका लागि कम्तिमा ५ सय मानिसलाई देशभर परिचालन गरेका नागराजले काठमाडौं, वीरगञ्ज, बुटवल, भैरवा, नेपालगञ्ज, चितवन, मोरङ, बिराटनगरलाई केन्द्र बनाउने गरेका छन् ।

सट्टेबाजीका लागि नेपालमा सञ्जाल विस्तार नागराज भारतको गोवामा लुक्दै आएका थिए । अनधिकृत रूपमा रकम जम्मा गरी भारतीय बजारमा पुराउने नागराजको अन्य कुनै व्यापार व्यावसाय छैन । माहाराजगञ्ज, बाँसबारीमा उनको घर छ । बालुवाटार प्रधानमन्त्रीको सरकाी निवास पछाडि एक रोपनी जग्गाको घडेरी लगायत अन्य ठाँउमा करोडौ रूपैंयाको सम्पत्ती नागराजले जोडेका छन् ।

प्रहरीको निशानाबाट बच्न नागराजले जुवाको सिस्टम नै चेन्ज गरेका छन् । अहिले उनले आफ्नै एकाउन्ट खोलेर जुवा खेलाउन थालेका छन् । खेल हेरेर ३ देखि ५ प्रतिशत कमिशन पाउने गरेको स्रोत बताउँछन् । जसमा वार्षिक नागराजले १५ करोड माथि कुम्ल्याउने गरेको स्रोत बताउँछ ।

स्रोतहरूका अनुसार नेपालमा बुकी खेलाउने मध्ये नागराज अग्रस्थानमा छन् भने सेण्ठी भन्ने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यी सबै भारतीय नागरिक हुन् ।

 

 

 

 

दैनिक नेपाल