अब लागुऔषध कारोबारको जालो तोड्ने योजनामा गृहमन्त्री

 

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध कारोबारको जरै सम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भने ( ’लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।’ मन्त्री बादलले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुंगको अवस्थामा जान लागेको भन्दै यसलाई समयमै नियन्त्रण गर्न जरुरी रहेको औँल्याए ।

अहिले सुन तस्करीको जालोसम्म पुगेर कारवाही अघि बढाए जस्तै अब लागुऔषध तस्करीको जालोमा पुगेर तिनीहरुलाई कारवाहीको दायरमा ल्याउनुपर्नेमा मन्त्रीको जोड थियो । छलफलमा गृह सचिव प्रेम कुमार राई, गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ , नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठुले राई लगायतको उपस्थिती रहेको थियो।