विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थीको बिजोग

भूइँमै बसेर पढ्न बाध्य ।

चितवन , १७ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १३ स्थित लोथरको राष्ट्रिय आधारभूत विद्यालय कालीटारका विद्यार्थी विद्यालयमा डेस्कबेन्च नहुँदा भूइँमै बसेर पढ्न बाध्य छन् । वि।सं २०५३ सालमा स्थापना भएको सो , बिद्यालयमा चार कक्षासम्म अध्ययन हुने गर्दछ । चार कक्षासम्म पढाइ हुने यो विद्यालयमा ५० जना बालबालिकासहित १६० जना विद्यार्थीले भर्ना गरिसकेका छन् । विद्यालयमा गत शैक्षिक सत्रमा ७६ जना विद्यार्थी थिए । वैशाख महिनाभर भर्ना अभियान कार्यक्रम रहेकोले अझै विद्यार्थी संख्या बढ्न सक्ने विद्यालयका प्रधानाध्यापक दीपककुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार विद्यालयको आफ्नै स्रोत नहुँदा बालबालिका हरू चिसो भूइँमै बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा आवश्यकता अनुसारको फर्निचर तथा शिक्षण सामग्री नहुँदा पठनपनठनमा समस्या भएको विद्यालयका अर्का शिक्षक चित्रबहादुर श्रेष्ठ गुनासो गर्नुहुन्छ । चारवटा कोठा प्रयोग भइरहेको विद्यालयमा अर्को नयाँ चारकोठे भवन निर्माण हुँदैछ । तर, त्यही कक्षा कोठामा राख्ने फर्निचर सामग्री भने अहिलेसम्म कहाँबाट कसरी ल्याउने भन्ने चिन्ता छ,’ उहाँको प्रश्न थियो । यता , जिल्ला शिक्षा कार्यालयबाट पनि अन्य विद्यालयको तुलनामा कम ध्यान दिने भएकोले हरेक वर्ष आधा विद्यार्थी भूइँमै बसेर पढ्न बाध्य भएको प्रध्यापक श्रेष्ठ गुनासो गर्नुहुन्छ ।