अरुण तेस्रोमा बम विस्फोट

नेकपा विप्लव समूह आशंकाको घेरामा


काठमाडौं । बहुप्रतिक्षित जलविद्युत आयोजना अरुण तेस्रोको प्रशासनिक भवनको पर्खालमा बम विस्फोट भएको छ । तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।
प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो । विस्फोटका कारण प्रर्खालमा सामान्य क्षति पुगेको छ । घटनाको जिम्मा कसैले लिएको छैन ।
यसअघि अरुण तेस्रोको पावर हाउस निर्माणस्थलमा समेत दुई पटक बम विस्फोट भइसकेको छ । दुवै घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको थियो ।

यस पटक पनि नेकपाले नै बम विस्फोट गराएको हुनसक्ने प्रहरीको शंका छ । नेपाल भ्रमण आउने तयारी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्धघाटन गर्ने भनिएको अरुण तेस्रो आयोजनामा बम विस्फोट हुँदा आमरुपमा ध्यान त्यता केन्द्रित भएको छ ।