एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको ठाडो निर्देशन



चितवन, वैशाख ११–गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्् ।

सोमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन् । ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले आईतबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गरेक िथिईन्

अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्न मातहतका निकायलाई ठाडो निर्देशन दिएका थिए । “यो दुःखद घटना घटेको हो,” उनँले भने, “यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।” गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताए ।