जबरजस्ती करणी मुद्धाको फरार अपराधी पक्राऊ ।

चितवन , ८ बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले बरजस्ती करणी मुद्धामा फरार अपराधी बर्ष ६५ को चन्द्र बहादुर हमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सम्मानित अदालतबाट दोशी ठहर गरेका तथा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भई फरार रहेका अभियुक्तहरुको खोजि गरि कानूनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । सोही सिलसिलामा जबरजस्ती करणी मुद्धाको फरार अपराधी हमाललाई माडी न.पा.वडा नं.६ कल्याणपुरबाट ईलाका प्रहारी कार्यालय माडीले पक्राउ गरेको हो ।
पक्राउ परेका हमाललाई जिल्ला अदालत चितवनले ५ बर्ष कैद सजाय तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उनलाई घरमै लुकुछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
त्यस्तै, काठ चोरी निकासी कार्यमा सम्लग्न मुद्धाको फरार अपराधी माडी न.पा.वडा नं.६ कल्याणपुर बस्ने बर्ष ३५ को हिरामान यादवलाई पनि ईलाका प्रहारी कार्यालय माडीले पक्राउ गरेको छ । उनलाई जिल्ला अदालत चितवनको फैसलाले रु. १०,००० जरिवाना तोकेको थियो ।
प्रहरीले हिजो मात्र मानव वेचबिखन तथा ओसारपसार मुद्धामा फरार रहेका भरतपुर २५ शुक्रनगरका महेन्द्र परियार भन्ने बिर बहादुर नेपालीलाई पक्राउ गरेको थियो ।