हेटौँडा मैं स्थायी राजधानी बनाउन माग

हेटौँडा, चैत १५

हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानीको माग गर्दै युवा विधार्थीहरुबाट हेटौँडामा प्रर्दशन भएको छ । बिहीबार स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको नेतृत्वमा युवा विधार्थीहरुले र्‍यालीको आयोजना गरेका हुन् ।

क्याम्पस हाताबाट सुरु भएको र्‍याली हेटौँडाउपमहानगरको विभिन्न चोकहरु हुँदै सिमाचोकमा गएर टुंगिएको थियो । विद्यार्थीहरुले हेटौँडा नै राजधानीको लागि सबैभन्दा उपयुक्त रहेको भन्दै राजधानी सार्न नहुनेमा उनीहरुले जोड दिएका थिए ।
सिमा चौकमा भएको कोण सभामा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन मकावानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसीले हेटौँडाबाट राजधानी सार्न खोजिए आन्दोलन हुने चेतावनी दिए । कार्यक्रममा सयौँ विद्यार्थीको उपस्थिति रहेको थियो ।