अखिल (क्रान्तिकारी) बालकुमारी अध्यक्षमा पौडेल, विरेन्द्रमा दवाडीको नेतृत्व


चितवन, ४ चैत । अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा रिदम पौडेल चयन भएका छन । आज(आइतबार) बसेको (क्रान्तिकारी) बालकुमारी कलेज, मूल इकाई कमिटिको बैठकले पौडललाई अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा सचिन भट्ट र आशिष सुवेदी, सचिवमा अनिल घिमिरे, सह–सचिवमा सन्दिप खराल र लक्ष्मी तिवारी, त्यस्तै कोषाध्यक्षमा बन्दना पौडेललाई चयन गरेको छ ।
यसैगरी, बैठकले सदस्यहरुमा सुवास ढकाल, विमला पौडेल, उमाकान्त सापकोटा र सागर ढकाललाई चयन गरेको अखिल (क्रान्तिकारी) बालकुमारी कलेज, मूल इकाई कमिटिका नवनिर्वाचित अध्यक्ष रिदम पौडेलले जानकारी दिए ।
यसैगरी, अखिल (क्रान्तिकारी) विरेन्द्र बहुमुखी क्याम्पसको अध्यक्षमा अंकित दवाडी चयन भएका छन् । आइतबार बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विरेन्द्र बहुमुखी क्याम्पसको ,विस्तारित बैठकले दवाडीलाई सर्वसहमतीले चयन गरेको हो ।
बैठकले उपाध्यक्षमा विनोद सुवेदी, प्रदिप सापकोटा, दिपक सुवेदी, विष्णु सापकोटा र शिशिर आचार्य, सचिवमा रुकु बस्नेत,सह–सचिवमा संयोग खनाल, प्रतिभा न्यौपाने, गोविन्द सुवेदी, मिलन भट्टराई, संगित सापकोटा तुल बर्देवा र कोषाध्यक्षमा संदिप खनाललाई चयन गरेका छन् ।