Breaking News

फेसबुक मार्फत युवतीलाई ब्ल्याकमेलिङ्ग गर्ने एक अभियुक्त पक्राउ ।

प्रनिश थापा

चितवन  । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक संजालको दुरुपयोग गर्ने एक अभियुक्त लाई मंगलबार पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाई युवतीलाई व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । सापकोटाले विगत केही दिनदेखि महिला तथा युवतीहरुलाई फेसबुक मार्फत साथी बनाई फोटो संकलन गर्ने, अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरि रकम असुली गर्ने गरेको भन्ने
पीडितको उजुरीको आधारमा उनलाई आज प्रहरीले भरतपुरको हाकिम चोकबाट पक्राउ गरेको हो । सापकोटाले भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने जमुना (नाम परिवर्तन) लाई अश्लिल फोटो बनाएर व्ल्याकमेलिङ गरि माघ महिनामा ५० हजार रुपैयाँ लिएका थिए । पछि पुनः विभिन्न मोबाईल नम्बर मार्फत फोन गरि अश्लिल भिडियो सामाजिक संजालमा पोष्ट गरिदिने भन्दै ३ लाख रुपैयाँ माग गरेका थिए । तर, युवतीले पैसा नदिई प्रहरीमा उजुरी गरेपछि सापकोटा पक्राउ परेका हुन् । उनको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

                                                                                                                                                                                 आजको भण्डाफोर अभियानबाट

sahid diwas