भोली बुधबार राउण्ड टेबलको रक्तदान कार्यक्रम हुँदैं।


चितवन २९ फागुण/सामाजिक कार्यमा क्रियाशिल सस्ँथा राउण्ड टेबल १४ नारायणगढले भोली बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ईन्टरनेशनल राउण्ड टेबलको स्थाँपना दिवसको अवसर पारेर सस्ँथाले रक्तदान कार्यक्रम गर्न लागेको हो । प्रत्येक बर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रम राख्दै आएको टेबलले यस बर्ष पनि रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउन लागेको राउण्ड टेबल नारायणगढका पुर्ब अध्यक्ष कपिल कर्माचार्यले जानकारी दिए । भोली बिहान ७ः३० बजे राउण्ड टेबल नारायणगढको आयोजनामा भरतपुर मनकामना अस्पताल अगाडी रक्तदान कार्यक्रम आयोजना गरेको छ । सस्थाले चितवनमा विवीध सामाजिक तथा मानविय सेवाको कार्यहरु गर्दै आईरहेको छ । नेपालमा राउण्ड टेबल ईन्टरनेशनलका ३० वटा शाखाहरु क्रियाशिल रहेको नारायणगढ शाखाका अध्यक्ष पंकज अग्रवालले जानकारी दिए ।