Breaking News

के हो ‘पपुलिज्म’ ?

  किन चम्कँदैछन ट्रम्प ?

 

खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती लेबर पार्टीका नेता जेरेमि कोर्बिन र फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्ते बिचमा के कुरा चाहिँ समान छ रु उनीहरूको फरकपनावीच हरेकलाई ‘पपुलिस्ट’ भनेर चिनिन्छ ।

युरोप र अमेरिकामा दक्षिणपन्थीहरूमा पपुलिज्म बढ्दो क्रममा छ, जसकै कारण टम्प विजयी भए ।

युरोपमा पनि पपुलिज्मले निर्वाचनका पछिल्ला परिणामहरूमा असर गरेको छ । इटलीका पपुलिस्ट ‘फाइभ स्टार मुभमेन्ट’ र आप्रवासी विरोधी दलहरू मुख्य राजनीतिक शक्तिका रूपमा उदाउनु पपुलिज्मकै कारण हो ।

तर, पपुलर हुनु र पपुलिस्ट हुनुमा फरक छ ।

वास्तविक जनता

‘पपुलिज्म एक छोटो परिचय’ नामक पुस्तकका लेखक काश मुड्डेका अनुसार राजनीतिकशास्त्रमा पपुलिज्म भनेको एक विचार हो, जसले वास्तविक जनता र भ्रष्ट सभ्रान्तहरु वीचमा फरक छुट्याउँछ ।

पपुलिज्म भन्ने पदावली प्रायः राजनीतिक खिसीट्युरी गर्न प्रयोग गरिन्छ । बेलायतका लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई पपुलिज्मको पछि लागेको भनिन्छ । उनको ‘थोरैका लागि हैन, धेरैका लागि’ भन्ने राजनीतिक नाराका आधारमा उनलाई यसो भनिएको हो । तर, पपुलिज्म भनेको यो मात्रै हैन ।

पपुलिज्म शब्द युरोपियन परिप्रेक्ष्यमा दुरुपयोग भएको तर्क गर्छन् ‘ग्लोबल राइज अफ पपुलिज्म’का लेखक डाक्टर बेन्जामिन मोफफिट । उनका अनुसार वास्तविक पपुलिस्ट नेताले जनताको एकीकृत भावनाको प्रतिनिधित्व गर्ने दावा गर्छ । वर्तमान प्रणालीले बलियो बनाएका दुस्मनका विरुद्ध हुन्छ पपुलिस्ट नेता । बाढीलाई बढार्ने अथवा मध्यमार्गी सभ्रान्तलाई ‘ट्याकल’ गर्ने लक्ष हुन्छ पपुलिस्ट नेताको ।

‘पपुलिज्म भन्नासाथ युरोपमा चाहिँ दक्षिपन्थ भन्ने सोझो अर्थ लाग्छ । तर, यो नै फलामे नियम भने हैन’, डाक्टर मोफफिट भन्छन ।

बढ्दो पपुलिस्ट दक्षिणपन्थको उदय

राजनीतिक वृत्तमा पपुलिस्ट पार्टीहरू जताततै हुन सक्छन् । दक्षिण अमेरिकामा भेनेजुएलाका स्व। राष्ट्रपति हृयुगो चाबेज पपुलिस्ट थिए । स्पेनमा पोडेमोस र ग्रिसमा सिरिञ्जा भन्ने पार्टीलाई पपुलिस्ट पार्टी भन्ने गरिन्छ । यी सबै वामपन्थी कित्तामा पर्छन्।

‘तर अहिलेका सबैभन्दा सफल पपुलिस्टहरु भने दक्षिणपन्थीहरू छन् । दक्षिणपन्थमा पनि उग्र दक्षिणपन्थका छन’, प्रोफेसन मुड्डे भन्छन् ।

फ्रान्सकी मरिन ले पेन, हंगेरीका भिक्टर ओगार्न र अमेरिकाका डोनाल्ड ट्रम्पहरुले भने पपुलिज्मसँगै आप्रवासी विरोधी रास्ट्रवाद र तानाशाहवाद मिसाएका छन् ।

टाइम म्यागेजिनका टिप्पणीकारहरुदेखि युरोपियन कमिसनका सभापतिसम्मले केही वर्ष अगाडिदेखि दक्षिणपन्थको उदयका बारेमा सचेत गराउँदै आएका छन् ।

तर , यो कुनै नौलो कुरा भने हैन ।

‘राजनीतिशास्त्रीहरुले पछिल्ला २५(३० वर्षदेखि यो विषयमा बोल्दै आएका छन्’, डाक्टर मोफफिट स्वीकार्छन, ‘तर पछिल्लो समयमा भने पपुलिज्म झनै बढेर गएको छ ।’

युरोपमा बढ्दो बहुसांस्कृतिवाद र भूमल्डलीकरणका कारणले र थप केही जटिल संकटहरुले पपुलिस्ट पार्टीहरू जन्मेको विज्ञहरूले औँल्याउँदै आएका छन् ।

युरोपेली राजनीतिक अनुसन्धान संस्था इसीपीआरका निर्देशक मार्टिन बुल युरोपमा सन् २००० बाटै पपुलिस्ट पार्टीहरू देखिएको बताउँछन् । तर, त्यस्ता पार्टीहरू धेरै वर्षसम्म सानो आकारमा बसेको निर्देशक बुल बताँउछन् ।

सन् २००८ बाट बढेको पपुलिज्मको माहौल खास गरी सन् २०११ मा भएको बैंकिङ संकटदेखि कर्जा संकटसम्म पुगेर थप बलियो भएको उनी बताँउछन् ।

बैंकिङ कारोबार गर्ने संभ्रान्त वर्ग नै बहुसंख्यक जनताको संकटका लागि प्रत्यक्ष उत्तरदायी भएको भनिएको यो नै पहिलो परिघटना थियो ।

‘म नै जनता हुँ’ भन्ने अहम

ग्लोवल राइज अफ पपुलिज्मका लेखक डाक्टर मोफफिटको तर्क अनुसार पपुलिस्ट नेता हुन अन्य केही मौलिक गुणहरू पनि जोडिएर आउँछन् ।

जसमा एक गुण हो – गलत आचारण वा अन्य दलका नेताहरूसँग नमिल्ने आचारणहरु प्रस्तुत गर्नु । यो तरिका अमेरिकी राष्ट्रपति ट्रम्प र फिलिपिनो राष्ट्रपति डुतेर्तेले प्रस्तुत गर्छन् ।

दोस्रो गुण हो( संकटको अवस्था लम्बाइरहने र समाधान गर्न तयार भएको देखाइरहने ।

‘एकचोटि सत्तामा पुगेको पपुलिस्ट नेता सदैव जनतालाई उ सत्तापक्ष हैन भन्ने भान पार्न जोडबल गरिरहन्छ’, कोलम्बिया विश्वविद्यालयकी प्रोफेसर नदिआ उर्बिनती भन्छिन्, ‘आफू सत्ता पक्ष कहिल्यै हैन भन्ने उसको जोडबल हुन्छ ।’

उनका अनुसार पपुलिस्ट विषयहरु नै नकरात्मकताले बनेका हुन्छन् । राजनीति विरोधी, वौद्धिकवाद विरोधी वा संभ्रान्त विरोधी ।

पपुलिज्मको बलियो पक्ष भनेकै यो बहुआयामिक हुन्छ ।

‘यो विलक्षणरूपमा शक्तिशाली हुन्छ, किनभने यो सबै अवस्थामा आफूलाई मिलाउन सक्छ ।’

प्रोफेसर बुलका अनुसार पपुलिस्ट नेताहरूमा भेटिने अर्को समानता के हो भने उनीहरू झन्झटिलो प्रजातान्त्रिक प्रणालीलाई मन पराउँदैनन् । बरु, सिधै जनमतसंग्रह जस्ता कुरामा प्राथामिता दिन्छन् ।

स्थापित मान्यताप्रति विश्वास नभएरै पपुलिस्ट नेताहरूलार्इ तानाशाहवादतर्फ जाने आधार मिल्ने गरेको प्रोफेसल बुल बताउँछन् । र, अन्ततः यस्ता नेताहरूले चलीआएको प्रजातान्त्रिक प्रणालीमा सम्भव नहुने निर्णयहरू गर्न पुग्ने बुल बताउँछन् ।

पपुलिस्ट नेताको यस्तो मानसिकतालाई भेनेजुएलाका स्वर्गीय राष्ट्रपतिको भनाइबाट बुझ्न सकिन्छ । हृयुगो चाभेज भन्थे, ‘म व्यक्ति हैन । म जनता हुँ ।’

‘यस्तै सोचले जनतामा यस्ता नेताहरू गलत छैनन् वा सत्ताच्युत हुँदैनन् भन्ने सोच निर्माण गराउन सक्छ’, डाक्टर मोफफिट भन्छन्, ‘यसले राजनीतिक क्षेत्रलाई नयाँ र डरलाग्दो रूपमा पुननिर्माण गर्न सक्छ ।’

अन्ततः यदि तपाई ‘जनतासँग’ हुनुहुन्न भने तपाई हाम्रो विरुद्ध हो ।

यही कारणले नै पपुलिस्ट नेताहरू शङ्काको नजरले हेरिन्छन् । अत्यन्तै बाचा गर्ने तर कम नतिजा दिने पपुलिस्ट नेताहरूलाई ‘इन्सल्ट’ गर्न नै पपुलिज्म भन्ने पदावली प्रायजसो प्रयोग हुन्छ ।

पपुलिज्मलाई प्रोफेसर बुल ‘गैरउत्तरदायी बोलपत्र’ भन्न रुचाउँछन् ।

‘जनमत तान्नलाई उनीहरू संस्थापन दलका नेताहरू भन्दा छिटा र धेरै परिवर्तनको बाचा गर्ने गर्छन् जुन सम्भव नहुन पनि सक्छ’, बुल बताउँछन् ।

उनी थप्छन्, ‘लोकतन्त्रमा त्यो कति जायज भनेर प्रश्न गर्न सक्नुहुन्छ ।’

९बीबीसीमा प्रकाशित यो सामग्री अनलाइखबरकर्मी विराट अनुपमले भावानुवाद गरेका हुन्०

sahid diwas