करेन्ट लागेर ट्रीपर चालकको मृत्यु ।

 

चितवन २० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकखण्डको ढुुङग्रे खोला पुल नजिकै आगो लागेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ना ७ ख ४८१८ नम्बरको ट्रीपर चालक मकवानपुर मनहरी गाउँपलिका–३ बस्ने वर्ष २७ का साजन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो निर्माणका लागि बालुवा अनलोड गर्ने क्रममा सो टिपरका ढाला उठाउँदा बिजुली छोएर आगो लाग्दा टिपर चालकको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।