नारायणीमा नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता ।

चितवन १८ फागुन । नारायणीमा नदीमा पौडी खेल्ने क्रममा बिहीबार एक जना डुवेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार
भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।