सिसुवा चौरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुँदै ।


चितवन , १० फागुन । पुर्वी चितवनको रत्ननगरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ ।प्याराडाईज युवा क्लवको आयोजनामा फागुन १७ र १८ गते रत्ननगर–७ सिसुवार चौरमा फगुवा महोत्सव हुन लागेको हो । गतवर्ष देखी सुरुवात भएको यस महोत्सवलाई यस वर्ष विशुद्ध सँस्कृतिमय बनाईने महोत्सवका संयोजक शरद कुमार चौधरीले जानकारी दिए । उनले महोत्सवमा थारु समुदायले मनाउने फगुवालाई विशेष रुपमा प्रस्तुत गरिने बताए । संयोजक चौधरी ले भने –“थारु समुदायले फगुवालाई विशेष रुपमा मनाउँछौं, दुई दिनसम्म मनाईन यस चाडलाई महोत्सवको उतार्न खोजेका हौं ।” महोत्सवमा चर्चित राष्ट्रिय कलाकार मिलन लामा, युवा गायक मनोज महतोलगायतको सांगीतिक प्रस्तुती समेत रहनेछ । महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ ।