भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

 

चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना पुगेको छ । यसका लागि ४१ लाख ७८ हजार २ सय २५ रुपैयाँ बराबरको निःशुल्क खर्च भएको छ । गत आर्थिक वर्षमा ७ हजार ७७ जनाले इकाई मार्फत सेवा लिएका थिए । १ करोड ६ लाख ७५ हजार ४ सय १६ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा १ करोड ६ लाख ७५ हजार ४ सय १६ रुपैयाँ, २०७२÷७३ मा १ करोड १ लाख १५ हजार ६३ रुपैयाँ, ०७१÷७२ मा ७४ लाख १८ हजार ६२ रुपैयाँ, २०७०÷७१ मा ५० लाख ९१ हजार ५ सय १६ रुपैयाँ बराबरको उपचारमा छुट तथा सहुलियत दिएको छ । “इकाईमा छुटको माग गर्न आउने धेरै छन् । तर, हामी कार्यविधि र नागरिक बडापत्रमा उल्लेखबाहेकका बिरामीलाई यो सहुलियत दिदैनौँ”, भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने, “आर्थिक अभावमा उपचारबाट कोही वञ्चित बन्न नपरोस्, लक्षित समूहले पर्याप्त सहुलियत लिन सकून् ।” सामाजिक सेवा इकाईबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसाबाट प्रभावित, महिला स्वास्थ्य स्वयंसेविकालाई दिने सहुलियत गत आर्थिक वर्षदेखि प्राकृतिक प्रकोप, सहिद परिवार, कूपोषित बालबालिका , थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामीको उपचारमा समेत पूर्ण वा आंशिक छुट दिन थालिएको छ ।
सामाजिक सेवा इकाईबाट सहुलियत लिने बिरामीमध्ये गरिब, अति गरिब समूहको संख्या निकै बढी देखिन्छ । यो समूहका २ हजार ५ सय ६२ जनाले चालु आर्थिक वर्षमा सहुलियत पाएका छन् । गरिबको परिचयपत्र वा उपचारमा संलग्न स्वास्थ्यकर्मीको सिफारिसमा औषधि, प्रयोगशाला परीक्षण, एक्सरे, ईसीजी, सर्जरीलगायत सेवा पूर्ण वा आंशिक९आधा० छुट दिने गरिएको छ । यो छुट सघन उपचार कक्ष ९आईसीयू०मा राख्नुपर्ने अवस्था बाहेक सामान्य शैयामा उपलब्ध गराइने व्यवस्था छ । गत आर्थिक वर्षमा ४ हजार ५ सय ६९, २०७२÷७३ मा ३ हजार ४ सय ६३ जना, २०७१÷७२ मा २ हजार ६४ जना, २०७०÷७१ मा २ हजार १ सय ८२ जनाले आर्थिक अभावमा उपचारमा छुट पाएका थिए । यस्तै, इकाईमार्फत सेवा लिनेमध्ये दोस्रो स्थानमा ज्ेष्ठ नागरिकको संख्या देखिन्छ । चालु आर्थिक वर्षमा १ हजार २ सय ९६ जना, गत आर्थिक वर्षमा २ हजार २ सय ९९ जना, २०७२÷७३ मा २ हजार ३ सय ९० जना, २०७१÷७२ मा १ हजार २ सय ११ जना, २०७०÷७१ मा ८ सय ३२ जना जेष्ठ नागरिकले उपचारमा छुट पाएका छन् । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन प्राप्त गरेको परिचयपत्रका आधारमा शत प्रतिशत वा आधा छुट पाउनेछन् । पछिल्लो ५ वर्षको तथ्यांक केलाउँदा असहायको संख्या तेस्रो स्थानमा देखिन्छ । हेरविचार गर्ने परिवार नभएका, अशक्त व्यक्ति, सिफारिसपत्र वा स्वास्थ्यकर्मीको अवलोकन पश्चात असहायका रुपमा उपचारमा छुट पाउने व्यवस्था मिलाइएको छ । “इकाईले आईसीयूमा राख्नुपर्ने अवस्था बाहेक सामान्य शैया उपलब्ध गराउने छ”, इकाईका प्रमुख पौडेलले भने, “अस्पतालको स्रोतभित्र रहेर निःशुल्क वा आंशिक छुट उपलब्ध गराउँदै आएका छौँ ।” साउनदेखि मंसिरसम्मको अवधिमा सामाजिक सेवा इकाईमा २ हजार १ सय ६१ महिलासहित ३ हजार ९ सय ४२ जनाले सहुलियत पाएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। रुद्रप्रसाद मरासनीले सामाजिक सेवा इकाईमार्फत सेवा लिनेको चाप बढेसँगै अस्पतालको आर्थिक दायित्व बढेको बताए । “सरकारी अस्पताल भएपनि सबै उपचारमा छुट दिन प्राविधिक कठिनाइ छ”, उनले भने, “उपचारमा प्रयोग हुने सामग्री खरिदमा पनि खर्च हुने अवस्था छ, त्यसैले विपन्न नागरिक कोष बनाएका छौँ । तर, कोषमा रकम वृद्धि नहुँदा समस्यामा परेका बिरामीलाई सोचेजस्तो सहयोग गर्न सकेका छैनौँ ।”आर्थिक वर्ष २०७३÷७४ मा १ करोड ६ लाख ७५ हजार ४ सय १६ रुपैयाँ, २०७२÷७३ मा १ करोड १ लाख १५ हजार ६३ रुपैयाँ, ०७१÷७२ मा ७४ लाख १८ हजार ६२ रुपैयाँ, २०७०÷७१ मा ५० लाख ९१ हजार ५ सय १६ रुपैयाँ बराबरको उपचारमा छुट तथा सहुलियत दिइएको छ ।