सौराहाको होटल सेभेन स्टारलाई अन्तर्राष्ट्रिय अवार्ड

चितवन , १० फागुन । पुर्वी चितवनको सौराहामा रहेको होटल सेभेन स्टारले अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अवार्ड प्राप्त गरेको छ । स्पेनको ग्लोबल ट्रेड क्लबले सेभेन स्टार होटललाई उच्चस्तरीय सेवा प्रदान गरेका कारण अवार्ड प्रदान गरिएको स्पेनको ग्लोबल ट्रेड क्लबले जनाएको छ । क्लबले बिश्वका डेढ सय भन्दा बढी होटलहरुको गोप्य रूपमा गरिएको अनुुुगमनका क्रममा सेभेन स्टार होटल समेत उत्कृष्ट होटलहरु मध्य परेको हो । नेपाली होटलले विश्वस्तरीय अवार्ड पाउनु गर्वको विषय भएको भन्दै पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एकराज गिरीले यसले नेपालमा पर्यटन क्षेत्रमा ठूलो सहयोग एकराजमा बिश्वास ब्यक्त गरे । समय अभावका कारण कार्यक्रममा जान नपाएको सञ्चालक माधव दुवाडीले जानकारी दिए । एक्कासी छनोटमा परेको जानकारी आउँदा खुसी लागेको सञ्चालक दवाडीले बताए ।