डि मामा रेष्टुरेन्टको पाँचौ शाखा चौविसकोठीमा


चितवन,फागुन ७(
डि मामा रेष्टुरेन्टले आफ्नो पाँचौ शाखाको रुपमा अर्को नयाँ रेष्टुरेण्ट भरतपुरको चोविसकोठीमा संचालनमा ल्याएको छ । करिव १ करोडको लगानिमा सो स्थानमा डि मामा गरम मसला रेष्टुरेन्ट संचालनमा ल्याइएको हो । २०५१ सालमा मामा कटेज तासघरबाट सुरुवात भएको रेष्टुरेन्ट व्यवसाय होटल डि मामा, डि मामा रेष्टुरेन्ट एण्ड वार पुल्चोक, डि मामा फेमेली रेष्टुरेन्ट क्षेत्रपुर र पाँचौ शाखाको रुपमा डि मामा गरम मसला चौविसकोठीमा शाखा विस्तार भएको छ । रेष्टुरेन्टमा टिपिकल खाना र तासका साथै अन्य परिकारहरुको स्वाद लिन पाइने प्रोपराइटर सुरज पौडेलले बताए ।
सुरज पौडेल,सन्तोष पौडेल,शेखर पौडेल र मोतिलाल भट्टराइ डि मामा रेष्टुरेन्ट ग्रुपका संचालक हुन् ।
फेमेली ग्रुपका रुपमा संचालन भएका रेष्टुरेन्टमा करिव ५० जनाले रोजगार पाएका छन् ।