प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु

प्रस्तावित नाममा बागमती वा गौरीशंकर

प्रदेश ३ को प्रस्तावित नाम बागमती वा गौरीशंकर

प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले प्रदेशको नामका विषयमा फरक फरक धारणा राखेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार एमाले र कांग्रेसका केही सांसद्ले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामाकरण गर्दा सहमति जुट्ने बताउँदै आएका छन् । तर माओवादी केन्द्र र कांग्रेस–एमालेका तामाङ र नेवार समुदायबाट प्रतिनिधित्व गर्ने सांसद् भने जातीय पहिचान झल्कने गरी प्रदेशको नामाकरण गर्नुपर्ने पक्षमा छन् ।