चितवन प्रहरीलाई रिफ्ल्याक्टर ज्याकेट प्रदान


चितवन माघ २० । जिल्लाका विभिन्न दुई वटा संस्थाहरुले चितवन प्रहरीलाई रिफ्ल्याक्टर ज्याकेट प्रदान गरेको हो । पिनाकल ट्रेडिङ कन्सर्न भरतपुर र नारायणी घरजग्गा व्यवसायी संघले प्रहरीको चेकजाँचका क्रममा आवश्यक पर्ने रिफ्ल्याक्टर ज्याकेट आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालयमा पिनाकल ट्रेडिङ कन्सर्नले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई दुई सय ५० थान रिफ्ल्याक्टर ज्याकेट र नारायणी घरजग्गा व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय चितवनलाई दुई सय थान रिफ्ल्याक्टर ज्याकेट प्रदान गरेका हुन् । ज्याकेट हस्तान्तरणको क्रममा पिनाकल ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक ईश्वर कुमार श्रेष्ठले सामाजिक दायित्व अन्तर्गत उक्त ज्याकेट हस्तान्तरण गरिएको बताए । पछिल्लो समय चितवनमा दुर्घटना बढ्दै गएको तथा प्रहरीले सरप्राइज चेकजाँचको क्रम बढाएकोले चेकजाँचको क्रममा आवश्यक पर्ने ज्याकेट प्रदान गरिएको श्रेष्ठको भनाइ छ । प्रहरीले नागरिकसँग हातेमालो गर्दै विभिन्न काम अगाडि बढाएकोले प्रहरीलाई बेला बेलामा विभिन्न सहयोग प्राप्त हुँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताए । सहयोगमा प्राप्त भएको ज्याकेटले प्रहरीको चेकजाँचमा थप मद्दत पुग्दै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने थापाको भनाइ छ ।