सिलवालको खोजी अब अन्तर्रा्ष्ट्रिय रुपमा

इन्टरपोलमा ’मोस्ट वान्टेड’

सिलवालको अब अन्तर्रा्ष्ट्रिय खोजी, इन्टरपोलमा ’मोस्ट वान्टेड’
काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न अब नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय रुपमा लागीपर्ने देखिएको छ । प्रहरीले उनलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतवार नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ । एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर १ बाट विजयी सिलवाल अहिले देशभित्र नभएको निष्कर्ष सहित प्रहरीले उनलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो ।
बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी फरार छन्। प्रहरीले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन निर्देशन दिएको थियो।
इन्टरपोलमा १ सय ९० देशको सुरक्षा निकाय जोडिएको छ।