देउवामा सत्तामोह ः पौडेल

काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन अझै तयार नभएको आरोप लगाएका छन् ।
नेता पौडेलले तत्काल पदबाट राजीनामा दिएर बामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बनाउन अग्रसर हुन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । उनले जनादेशलाई स्विकार गर्दै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउँदा काँग्रेसको हित हुने पनि स्पष्ट पारे ।
शनिवार अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार नियुक्ती, सरुवा, बढुवाको लोभमा फस्दा नयाँ सरकार गठन प्रक्रिया अवरुद्ध भईरहेको दावी समेत गरे ।
नेता पौडेलले संविधानमा देखिएका कमीकमजोरी हटाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।