सांसद पोख्रेलको घरमा तोडफोड

घटनामा संलग्नलाई प्रहरीले अझै पक्रन सकेन ।

फाईल फोटो

२०७४ । पौंष २० गते । भरतपुर ।नेकपा एमालेका जिल्ला अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) कृष्णभक्त पोख्रेलको घरमा गत् १७ गते राती अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणबाट पोख्रेलको घरको ग्राउण्ड फलोरको एक झ्याल र पहिलो तलाको एक झ्यालको सिसा फुटेको छ । रातको एक बजेर ४० मिनेट जाँदा पोख्रेलको घरमा ३ वटा मोटरसाईकलमा आएका नचिनेका युवाहरुको समुहले आक्रमण गरेको हो । पोख्रेलको भरतपुर १० रमाइलोचोक स्थित घरमा आक्रमण गर्ने त्यहि समुहले भरतपुर १२ वाइपास रोडमा पर्ने विशाल चोकमा एउटा बलेरो भ्यानलाई समेत तोडफोड गरेको छ । श्रोतले दिएको अनुसार ना १ ज ६६७७ नं. को उक्त भ्यानलाई रोकि त्यो समुहले अगाडिको सिसामा ढुड्डाले हानि सिसा फोरेका हुन् । बलेरोका चालक आशिष घलानले थप घटना हुने देखि गाडी हुईक्याएर ज्यान बचाएका थिए । चालकलाई उद्धित गर्दै श्रोतले भन्यो २ वटा अन्य वाईक र एउटा बुलेट वाइकमा सवार त्यो समूहले थप आक्रमण गर्ने देखि पछि आफुले गाडी हुईक्याएर चलाएको उनले बताए ।
पछिल्लो समय चितवनमा गुण्डागर्दीको घटना बढे पनि घटनालाई कानुन सम्मत कार्वाही गर्नुका् सट्टा प्रहरीले मिलापत्र गराउने नाममा अपराधलाई प्रश्रय दिएको चर्चा बढेको समयमा यो घटना भएको हो । प्रहरी कार्यालयमा ज्यानमार्ने उद्योग, गुण्डागर्दी र यस्तै जघन्य अपराधमा संलग्नहरुलाई मिलापत्रको नाममा चितवन प्रहरीले उन्मुक्ति दिइएको कारण गुण्डागर्दी बढ्दै गएको आम विश्लेषण छ । चितवन प्रहरी प्रमुख दिपक थापाको कार्यशैलीको कारण पछिल्लो समय चितवनमा गुण्डागर्दी, वेश्यावृत्ति र जुवाखाल मौलाउँदै गएको विषयमा यस अघि नै राष्ट्रिय मिडियाहरुमा समचार आईसकेको छ । सांसदको घर त सुरक्षित छैन हामीले कसरी सुरक्षाको महसुस गर्ने एक सर्वसाधारणले भण्डाफोर सँग भने । प्रहरी प्रशासनकै असक्षमता र भष्ट्र कार्यशैलीले गुण्डागर्दी बढेको हो उनले थपे ।
यसरी पछिल्लो समय जिल्लामा अपराधका घटनाहरु बढेकोले चितवन जिल्ला अपराधीहरुको ट्रान्जीट बन्दै गईरहेको आमविश्ेषण भईरहेको छ । स्मरण रहोस साना साना दुर्घटना र घटनाको समेत प्रेस रिलिज पठाउने चितवन प्रहरीले उक्त घटनालाई भने हालसम्म गुपचुप नै राखेको छ ।