आनन्दमा रहौं ।

हरेक दिन, वा कम्तिमा पनि हप्तामा एक,दुई पटक,केही मिनेट समय निकालौं र स्वयम् लाई आनन्दित भएको देख्नुमा ध्यान केन्द्रित गरौं । स्वयम्लाई आनन्दमा महसुस गरौं । कल्पना गरौ मेरो जीवनको आउने पलहरु आनन्द नै आनन्दमय हुनेछ र अनियसमा डुविरहेको छु । यसो गर्नाले सृष्टिले अनेकौ मनुष्यहरुलाई,परिस्थितिहरुलाई,र घटनालाई प्रेरित गर्नेछ ताकि यो आनन्दमलाई स्वतःप्राप्त होस् । यदि मेरो मनमा पैसा कमाउने,ऋणको चिन्ता,मित्र र परिवारका सदस्यसँग मन नमिलेर उत्पन्न समस्याआदि छ भने कदापी म आनन्दमय रहन सक्दिन । यसर्थ बारम्वार सृष्टिको बैंकमाआनन्द जम्मा गरीरहन सकौं ।
म आनन्दको अवतार हुँ । आनन्द मेरो मनको स्वभाव हो ।हो,सिक्का हुन जीवनका यी सकंल्पहरु । एक एक सिक्कालाई बचत गर्न सकौं ।संकल्पको बचतले मनको स्थिरतालाई बढावा प्रदान गर्दछ ।स्थिरता र स्थिति, आध्यात्मिक सघनताका लागि महत्वपूर्ण पहलुहरु हुन जसका कारण एउटा चमात्कारीक क्रान्ति घटित भइदिन पुग्दछ जीवनमा ।अनि, तत्काल स्वयम्सँग एकाकार हुने कुरा सामन्य भइदिन्छ । म आफैसँग लयबद्ध भइदिन पुग्दछु । जागरणको क्षितिजमाविचरण गर्ने भन्ने कुरा नियति भइदिन्छ । मेरो शरिर एउटा स्थानमा रहन्छ तर मनको शरीर वा सुक्ष्म शरिर जगतमा सहजतापूर्वक उडान भर्न थाल्दछ । जहाँ , जसरी, जुनसुकै समयमा नै किन नहोस, विचरणका लागि तयार भइदिन सक्छ । देहातित अवस्था हो भनि बुझनु पर्दछ यो बेला ।
गहन आनन्दको अभ्यासले अन्ततःतत्क्षण विदेही अवस्थाको शिखरमा पुर्याउँछ । यो नै हामी साधानामा अभ्यास गर्नेहरुको अभिष्ठ हो । म यहाँ छु र पनि म यहाँ छैन । शरीरमा रहनु र अनि शरीरको भानबाट तत्काल मुक्त हुन सक्नुले आनन्दको धरातललाई एक रसतामा उर्ताछ । एकरस आनन्द । लामो समय र निष्ठापूर्वक गरीएको अभ्यासले कल्पनातित लाग्ने यी तथ्यलाई प्रमाणित नै गरीदिन्छ ।
संस्थाका सस्थापक पिता श्री ब्रह्मा बाबाका अन्तिम क्षणहरु यी सवै कुराहरुको प्रमाण हो। कयौं घण्टा,दिन कहिलेकाहि महिनौ पनि एउटा कोठामा मस्तपूर्वक आनन्दमा डुवि रहन सक्ने र देहातित भइरहने क्रमहरु उहाँका लागि सामन्य जस्तो लाग्दथ्यो।निकै उत्साहपूर्वक कसैले लम्वाचौडा कुराहरु सुनाइरहदाँ लाग्दथ्यो उहाँ कान यनहरु कुनै असिम प्रेममा ,आनन्दमा कतै डुविरहेको छ र उहाँ असिम प्रेमालापमा हुनुहुन्छ । परमात्म प्रेममा एकाकार भइरहेको हो कि भन्ने महसुस सहजै हुने गर्दथ्यो र कुरा सुनाउनेहरु स्वयम् पनिउहाँमै हराउनुहुन्थ्यो । गज्जवहुदोँ हो त्यो क्षण, कल्पना गरौं मेरो अगाडी मेरा आखाँहरु मायी दृश्यहरु अहिले पनि तरोताजा अवस्था रहेका छन ।
अहा , कस्तो असिमआनन्द । आनन्दमा रहौं । गे्रटमिशन त्रैमासिकबाट