घुमुवा प्रहरीको आडमा तस्करी मौलाउदै ।

ठुलो तस्करीको लाईनलाई सुरक्षा प्रदान

स्थलगत रिपोर्टिङ 
बिरगंज , असार १३ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेंटौडका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी गणेश केसी र अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुर्य उपाध्याय लगायतले पर्साको विभिन्न नाकाबाट कपडा, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्यप्रशाधन लगायतको ठुलो तस्करीको लाईन दिएको खुलासा भएको छ ।

भारतसँग सीमा जोडिएका पर्साका विभिन्न नाकाबाट दैनिक करोडौं रुपैयाँ बराबरको सिमेन्ट, चिनी, लत्ताकपडा लगायतका सामान हरू भन्सार छली गरी नेपाल भित्रने गरेका छन् । त्यस्तै, पर्साका वरिष्ठ प्रहरी उपरीक्षक उपाध्यायले जानकारी विना नैं गाम्रीण भेगमा रहेका प्रहरी चौकीको इन्चार्जहरुले समेत सानो तस्करलाई लाईन दिई रकम असुलीमा लागेका छन् । पर्साको बहुअर्वा भाठा हुदै जितपुरका लागि डिआईजी र एसएसपीले ठुला तस्करलाई लाईन दिएपछि सोबाट हौंसिएका बहअर्वाभाठा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असई शम्भु यादब सानो तस्करलाई छुट्टै लाईन प्रदान गरी रकम असुलीमा व्यस्त भएका छन् । चौकीमा कार्यरत रहेका सुरक्षाकर्मीले दिएको जानकारी अनुसार असई यादवले डिआईजी र एसएसपीले दिएको लाईनबाट आफुहरुले केही नभएकाले दुई पैसा कमाउन सानो तस्करलाई लाईन दिदा केही नविग्रीने बनाउने गरेका छन् । “डिआईजी र एसएसपीले तस्करी गराउन हुने र आफुहरुलाई किन नहुने , हाम्रो पनि त खर्च छ , घर व्यवहार धान्नै पर्ने हुन्छ नि ” असई यादवले भन्ने गरेको चौकीमै कार्यरत सुरक्षाकर्मीहरुले बताउने गरेका छन् । असई यादवले विनोद नाम गरेका तस्करलाई मासिक एक लाख ५० हजार रुपैयाँ नजराना बुझी कपडा र मोटरपार्टसको लाईन दिएको स्रोतको दावी रहेको छ । २०६७ सालमा तत्कालिन प्रहरी नायब महानिरीक्षक नवराज ढकालले यादवलाई रंगेहात घुस लिएको फेला पारी कार्वाही गरेका थिए । असई यादव ट्राफिक प्रहरी हवल्दारको हैसियतले सिमरामा कार्यरत रहदा हेल्मेट नलगाएको मोटरसाईकल चालकबाट घुस लिदै गरेको अवस्थामा डिआईजी ढकालले रंगेहात पक्राउ गरी ग्रेड कट्टा गर्नुको साथै दुई वर्षसम्म पदोन्नती रोक्का गरेका थिए । घुसखोर प्रवृतिका सुरक्षा अधिकारीको रुपमा संगठन भित्र पहिचान बनाएका असई यादव आँखाको समस्या देखाई ट्राफिक प्रहरीबाट नेपाल प्रहरी तर्फ सरेका थिए भने हाल मध्यक्षेत्र देखी अञ्चलसम्ममा रकमी चलखेल गर्ने अधिकारी भएको मौका छोपी रकम कमाउन बहुअर्वा भाठा प्रहरी चौकीको नेतृत्व सम्हाली रहेका छन् । यस विषयमा असई यादवसंग बुझ्दा उहाँले बहुअर्वाभाठा हाल चलिरहेको तस्करीको लाइन आफ्नो स्वीकृतिमा संचालन नभएको प्रतिकृया दिनुभयो । संगठन भित्र रहेको भद्रगोल अवस्थाको फाइदा उठाउदै अञ्चल प्रहरी कार्यालय प्रमुख एस.एस.पी उपाध्यायले तस्करीको लाईनलाई सुरक्षित साथ संचालन गराउन असईको कमाण्ड रहने प्रहरी चौकीमा हवलदारलाई नेतृत्व दिएका छन् । जनकपुर निवासी प्रहरी हवल्दार शिलपा पाशवानको कमाण्डमा वीरगन्जको भकुवा प्रहरी चौकीको कमाण्ड दिएका हुन । अञ्चल प्रहरी कार्यालय नारायणीमा दरबन्दी रहेका हवल्दार पाशवानलाई डिआईजी र एसएसपीको निर्देशनमा प्रदान गरिएको ठुलो तस्करीको लाईनलाई सुरक्षा प्रदान गर्न मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ । भकुवा नाकाबाट हुने तस्करीको लाईनमा हुन सकिने बाधा व्यवधानलाई न्युन गर्नु जिम्मेवारी साथ चौकीको इन्चार्ज हवल्दार पाशवानलाई दिइएको छ । असईलाई हटाई हवल्दारलाई चौकिको नेतृत्व लिएको विषयलाई लिई संगठन भित्र एसएसपी विरुद्ध जुनियर अधिकृतहरुमा आक्रोश रहेको स्रोतले बताएको छ । उता, रौतहटमा पनि प्रहरीको संरक्षणमा दिन दहाडै खुलेयाम रुपमा तस्करी भैरहेको छ । गौरको मुख्य नाकासहित अन्य नाका हुँदै तस्करीको कारोबार भैरहेको हो । इलेक्ट्रोनिक्स, किराना, सुकमेल तथा पशुपंक्षीको तस्करी भैइरहेको भएपनि स्थानीय प्रहरी नियन्त्रण गर्न सकिरहेको छैन । ब्रह्मपुरी, लक्ष्मीपुरबेलबिछवा, महादेवपट्टी, बन्जरहा, औरैया, मठियासहितका नाका हुँदै विभिन्न किसिमका समानहरुको तस्करी भैइरहेको हो । ब्रह्मपुरी र मठिया नाकावाट गाइ गोरुको बढी तस्करी भइरहेको स्थानीय बासिन्दाहरु बताउँछन् । उता, रौतहट जिल्लाको पश्चिमी नाकाबाट अहिले व्यापक रुपमा अझै पनि तस्करी भइरहेको पाइएको छ । जिल्लाको बंकुल, नरकटिया, रामपुरखाप , जोकहा घिउरा , जयनगर ,महुलिया ,औरैया, बेलबिछवा, महादेवपटी, गौर भंसार,ब्रहम्पुर

ी बान्जाराहा, नाका हुदै भारतीय मलखाद खुला रुपमा तस्करी भईरहेको छ तर पनि प्रहरी प्रशासन मौन रहेको पाईएको छ । तस्करहरु अहिलेको समयमा खूल्ला सिमानाको फाईदा उठाउदै भारतको घोडासहन, छौडादानो, चैनपुर आदापुर लगायतको बजारहरुबाट खूल्याम युरिया, डिएपी जस्ता मलखाद्यहरु ल्याएर रौतहटको बंकुल, कटहरीया, बिजयपुर, गरुडा , पिपरा, लगाएतका बजारहरुमा लाखौं लाख मुल्य बराबरको पुर्‍याई रहेका छन । नेपाल र भारत दुबै देशका तस्करहरुले मिलेर खुल्याम तस्करी गरिरहेको छ । सशस्त्र प्रहरी आउट बोडर पोष्ट रामपुरखापका प्रहरी इन्सपेक्टर खाद तस्कर संग छिनेर भन्सार नबुझाए मछली पाल्न गर्ने व्यक्ति संग सबै खाद बेचिरहेको त्यहाका स्थानिय जनताले बताएका छन । अहिले खेतमा लगाईएको धानमा खाध छर्न किसानलाई चटारो छ र प्रत्येक वर्ष अहिलेको समयमा धानमा छर्नको लागि किसालाई मलखाध चाहिन्छ तर नेपालमा सस्तो मूल्यमा मलखाध पाईदैन र भारतमा सस्तो मूल्यमा नै मलखाध भेटिरहेकोले तस्करहरु अहिले प्रहरी प्रशासन सँग मिलेर नै मलखाधको तस्करी गरिरहेको बताउनु हुन्छ कटहरीयाका राम बालक राउत । भारतीय तस्करहरुले सिमाना क्षेत्र स्थित रहेको प्रहरीलाई मोटो रकम दिई खुलेआम भारतबाट भारतीय मलहरु नेपाल भित्र्याउन सफल भैइरहेका छन् । त्यस्तै, बाराको जितपुरमा केहि समय यता तस्करीका घटनामा बृद्धि भएको छ । जितपुर सिमरा उपमहानगरपालिकाको मूख्य केन्द्र जीतपुर बजारमा कपडा, रासायनिक मल, हार्डवेयर, तथा सुर्ति जन्य पदार्थको तस्करी बढेको हो ।

जिल्ला प्रहरी कार्यलय बाराले तस्करीका समान ओसारपसारमा कडाइ गरेपनि जितपुरमा रहेको इलाका प्रहरी कार्यालयकै संरक्षणमा तस्करी मौलाएको छ । जीतपुरका एक ब्यापारीले प्रहरीकै मिलोमतोमा आफुहरु को सामान सुरक्षित रुपमा जितपुर सम्म आउने गरेको बताए । उनले बाराको इनर्वा, मटिअर्वा, बेल्दारी पर्साको जानकी टोला, भिष्वा, भिखमपुर, पकाहा मैनपुर लगायतका ठाँउबाट साइकलमा आफुहरुको माल समान आउने गरेको र त्यसबापत प्रहरीले मासिक रुपमा रकम उठाउने गरेको बताए । यसरी सामान ओसारपसारमा संलग्न ब्यक्ति संग प्रहरीले मासिक ३ देखी ५ हजार रुपैयाँ सम्म रकम असुल्ने गरेको श्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बाराले केहि समय देखि तस्करी नियन्त्रणमा कडाई गरेपछि यता जीतपुरका प्रहरीको मोलमोलाई बढेको हो । इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी प्रमूख प्रहरी नायव निरीरिक्षक जयकृष्ण कुर्मीको आदेशमा खटिएका सादा पोसाकका प्रहरीले यसरि तस्करसंग मोलमोलाई गरि रकम असुल्ने गरेका हुन् । नाम उल्लेख नगरिदिने शर्तमा जीतपुरका एक ब्यापारीले जीतपुर प्रहरीले जिल्ला प्रहरीको नाममा रकम असुल्ने गरेको जानकारी दिए । ‘एसपी साबले कडाई गर्नुभएको छ, अर्को महिनाबाट पैसा बढाउनुपर्छ’ प्रहरीले ब्यापारी संग भन्ने गरेका छन् । इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख जयकृष्ण कुर्मीले भने आफूले कसैबाट एक पैसा पनि नलिएको दावी गरेका छन् । उता,  पूर्व प्रहरी नायब निरीक्षक(सई) बच्चु राउत कुर्मीले अवकाश पाएपछि तस्करहरू सँग अबैध सम्बन्ध गाँसेर तस्करी गर्ने गरेका छन् । जागिरमा प्रवेश गरेदेखि नै बारा , पर्सा , रौतहट, सर्लाही जस्ता जिल्लामा घुमुवाका रुपमा हाकिमले घुस संकलन गर्न खटाइएका

कुर्मी यतिखेर मध्यक्षेत्रीय प्रहरीका डिआइजी को कार्यकक्षमा आउजाउ नै गर्न थालेका छन् । स्रोतका अनुसार मध्यक्षेत्रका डीआइजी गणेश केसी सर्लाहीको प्रहरी प्रमुख भएको समयमा कुर्मी घुमुवाका रुपमा खटिएका थिए । त्यही सम्बन्धका आधारमा उनले डीआइजीको नाम बदनाम गर्दै तस्करहरूसँग सेटिङ मिलाउने भन्दै आएका छन् ।

दरबन्दी एक ठाउँमा , कार्यारर्त अर्को ठाउँमा

यस्तै, अबैध कमाउ धन्दामा लाग्न कै निमित्त अधिकांश प्रहरी सरकारले तोकेको क्षेत्रमा नगई आफूखुशी लामो समयदेखि एकै ठाउँमा बसेर मनपरी गर्दै आएको पाइएको छ । हाल सप्तरी दरबन्दी भएका हवल्दार सत्यनारायण मिश्र(गोपाल), रामेछाप दरबन्दी भएका सिपाही नन्दन मण्डल, रामेछापमै दरबन्दी भएका अर्का सिपाही राजु गुप्ता, रामभजन गिरी, निरज सिंहले पर्साका विभिन्न नाकाबाट तस्करीको लाइन खुलाएका छन् । त्यस्तै,

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरी काठमाडौंमा दरबन्दी भएका असई अरविन्द कुमार यादव आठ बर्षदेखि पर्साको विर्ता वडा प्रहरी कार्यालयमा कार्यरत छन् । यादवको सहयोगी सिपाही बिजय यादव हुन् । उनको संरक्षणमा अहिले विर्ता नाकाबाट चिनी, सिमेन्ट, भाँडाकाुँडा, कपडा  खाद्यान्नहरू भन्सार छली आयात हुँदै आएको छ ।