खबर प्रवाह ! अन्तत ःप्रहरी हवल्दार यादव कार्वाहीमा परे ।

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी हवल्दार राम प्रवेश यादव अन्तर्तस् कार्वाहीमा परेका छन् । गत, जेष्ठ  २४ गते भण्डाफोर साप्ताहिकले जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी हवल्दार रामप्रवेश यादवको असुली धन्दा अझै रोकिएन भन्ने शिर्षकको समाचार प्रकाशित गरेपछि अन्तर्त स् प्रहरी प्रधान कार्यालयको निर्देशनमा क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय चितवनको नाउँमा पत्र काट्दै यादवलाई क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरमा तानेको हो । एकपछि अर्को गर्दै जिल्लामा प्रहरी संगठनहरु नै बदनाम हुँदा समेत मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब महानिरीक्षक गर्णेश केसी टुलुटुलु हेरेर बसेको भन्दै उनको चर्को आलोचना हुन थालेपछि आरोपित यादवलाई मध्य क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरले प्रहरी आचारसंहिता बिपरित कार्यमा संलग्न रहेको भन्दै बिभागीय कार्वाही गरेको हो । उनलाई कार्वाही गरिए पनि उनको सम्पर्क नम्बर र पद अझै पनि प्रहरी सञ्चारमा उल्लेख रहेको छ । यता, खबर प्रकाशित गर्नु दुई हप्ता अगाडि मात्रै हामी सित प्रहरी हवल्दार यादवले आफूलाई सुनियोजित ढंगले केही ब्यक्तिले फसाउन खोजेको भन्दै खबर संकलनमा अबरोध पुर्‍याउने कोसिस गरेका थिए ।  बिहीबार पुनः यादवलाई हामीले सम्पर्क गर्न खोज्दा बोल्न मानेका थिएनन् । यादव माथि डिआइजी गणेश केसी र आईजीपि प्रकाश अर्याल लाई पैसा बुझाउनुपर्ने भन्दै यहाँका स्थानीय सित मासिक एक लाख रुपैयाँसम्म उठाउने गरेको आरोप लाग्दै आएको छ । आरोपित हवल्दार घुमुवा प्रहरी हुन् । उनले , लोभ देखाएपछि चितवनका केही पत्रकारले उनी विरुद्धको समाचार प्रकाशित गरेका थिएनन् । उता , जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक थापाले क्षेत्रले अनुसन्धानको लागी तुरुन्तै यादवलाई फिर्ता पठाउनुस् भने लगत्तै आफूले आरोपित हवल्दार यादवलाई जेठ ३० गते देखि नै जिल्लाबाट हटाएको बताउनुभयो । उहाँले भन्नुभयो , मैले जिल्लामा गलत काम गरेको छैनन् । जिल्लामा शान्ती सुरक्षाको प्रत्याभूति दिलाएको छु । जनतालाई दुस्ख दिने नियतले कसैले बद्रीको आडमा मनपरी गरे आफूलाई क्ष्मय नहुने बताउदै एसपी थापाले आचारसंहिता बिपरित काम गर्ने जोकोहीलाई पनि कार्वाही गरिने बताए ।

एसपी थापाको प्रशंसनीय काम , जिल्ला कब्जा गर्ने दुई प्रहरीको सरुवा ।

यता, शक्तिकेन्द्रलाई रिझाएकै भरमा बिगत सोह्र वर्षदेखि चितवनकै विभिन्न स्थानहरुमा कार्यरत रहेका दुई प्रहरी अधिकारी हरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले आइतबार कार्वाही गर्नुभएको छ । पौडेलको दरबन्दी मकवानपुर र श्रेष्ठको दरबन्दी ईलाका प्रहरी कार्यालय नवलपुर बेलटाँडीमा भए पनि चरीत्रमा बदनाम तत्कालीन प्रहरी नायब महानिरीक्षक ९डिआईजी० पशुपति उपाध्यायको आडमा श्रेष्ठ र पौडेलको जिल्लामा मनपरी हुँदै गएको प्रहरी स्रोतले बताएका छन् । जिल्लामा पटकैपिच्छे परिवर्तन हुने एसपीहरुलाई रिझाएकै भरमा बिगत चार वर्षदेखि यहाँको प्रशासन शाखामा मस्ती मार्दै आइरहेका श्रेष्ठ अबैध कमाउ धन्दामा समेत लागेको स्रोतले जनाएको छ । उहीँ बेला पोखराको सशस्त्र प्रहरी गणमा सरुवा भएका श्रेष्ठले त्यहाँ जान समेत अस्वीकार गरेको कार्यालय कै एक कर्मचारीले आफ्नु नाम नबताउने सर्तमा जानकारी दिए । सिपाही हुँदा देखि नै चितवन जिल्लामा कार्यारर्त रहेका झलक श्रेष्ठ अहिले सई भईसकेका छन् । लामो समयदेखि जिल्लाकै विभिन्न स्थानहरूमा कार्यारर्त रहेका यी दुई प्रहरी अधिकारी लाई कसैले कार्वाही गर्न नसकेकै कारण पौडेल र श्रेष्ठले चितवनमा बसेर जुवाडे, काठ तस्कर, लागूऔषध तस्करदेखि चोरीका गाडीको गिरोहसम्मलाई आफ्नु प्रभावमा पारेको स्रोत बताउँछ । उता, यसबारे हामीले दरबन्दी भएको क्षेत्रमा तपाईं किन जानुहुदैन भन्ने प्रश्नमा आफूलाई केन्द्रले नै यहाँ पठाएको भन्दै सई श्रेष्ठ र असई पौडेलले भण्डाफोर अभियान सित कुराकानी गर्दै आफू लाई कसैले कार्वाही गर्न नसक्ने बताएका थिए । अन्तर्त स् खबर प्रकाशित भएको सातादिन पछि असई धर्मप्रसाद पौडेल र सई झलक श्रेष्ठलाई एसपी थापाले कार्वाही गरे पछि सई श्रेष्ठले म यहाँ बसेर तपाईं लाई किन टाउको दुख्यो भन्दै भण्डाफोर अभियानका जिल्ला प्रतिनिधि प्रनिश थापालाई सोमबार बिहान हप्काएका थिए । यस भन्दा अगाडि हामीले अबैध पैसा असुलीमा घुमुवा प्रहरी हवल्दार यादव भन्ने खबर प्रकाशित गरे संगै आरोपित प्रहरी हवल्दार राम प्रबेश यादव लाई जिल्लाबाटै रमाना दिएपछि उनको सबत्र चर्चाको बिषय बन्न पुगेको छ भने , ब्याबसायी थापाको काम प्रति खुशी छन् ।
त्यस्तै, बिगत १८ बर्ष देखी तोकेको क्षेत्रमा नगई चितवन जिल्लामा राज गरि बसेका सई देवराज शर्मालाई चार महिना अगाडि मात्रै आफ्नु दरबन्दी भएको क्षेत्रमा पठाइएको एसपी थापाले बताए बताए । त्यस्तै , गण मुख्यालय रातामाटे दरबन्दी भई लामो समयदेखि जिल्लामा सादा पोशाकमा  बसेका सिपाही मनोज पंडितलाई दरबन्दी भएको ठाउँमा र प्रहरी जवान सुरेन्द्र कार्कीलाई उनको दरबन्दी भएको ठाउँ कालिमाटी प्रहरी बृतमा पठाईसकेको समेत एसपी थापाले बताउनुभयो  ।