भरतपुर प्रकरणको मुद्दा थप लम्बियो

चितवन÷चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने कि मतगणनालाई निरन्तरता दिने भन्ने विषय थप लम्बिएको छ ।

कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले निर्वाचन आयोगले के आधारमा फेरि मतदान गराउने निर्णय गरेको हो सो को निर्णय अदालतमा मगाउने निर्णय गरेको छ ।

संयुक्त इजलासले च्यातिएका मत पत्र, निर्वाचन आयोगको सक्कल निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको सक्कल सात दिन भित्र अदालतमा झिकाउन आदेश दिएको छ ।

अदालतले आदेश नदिएपछि भरतपुर मुद्दा थप लम्बिएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मत पत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले फेरि मतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णय मन नपरेपछि एमाले कार्यकर्ता अदालत गएका थिए ।

यो मुद्दामा आजै आदेश आउने अपेक्षा गरिएको थियो तर केही यो मुद्दा थप लम्बिएको